आगलागी पिढीतलाई राहत हस्तान्तरण

 लिम्बुवान न्युज
                       

पाँचथर, २ माघ । फालेलुङ् ३स्थित ताङ्लेपाका आगलागी पिढीत पूर्ण केरुङ्लाई राहत हस्तान्तरण गरिएको छ । गत पुष १४ गते केरुङ्को घर जलेर नस्ट भएको थियो ।

आइतबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला पाँचथरका अध्यक्ष चन्द्रराज आङ्देम्बेको हस्तबाहुलीबाट ३५ हजार ५ सय रुपैयाँ रकम हस्तान्तरण भएको हो ।

आगलागीबाट केरुङ्को घर सहित घरभित्रको सबै सामान जलेर नस्ट भएको स्थानीय नेता गगन जवेगुले बताए । पिढीतलाई मञ्चको फालेलुङ् पालिकाद्वारा संकलित रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा जिल्ला नेता कुमार यक्वा मौसम, फालेलुङ अध्यक्ष कुमार केरुङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...