लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो ।

नव गठित समितिको अध्यक्ष पासाङ लावती चयन भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षहरुमा जयन बहादुर लावती र राम बहादुर लावती छन् भने सचिवमा दुर्गाहाङ लावती, सह–सचिव तेमेन हाङ् लावती र अर्थसचिव नविन लावती बनेका छन् ।

यसैगरी वडासदस्यहरुमा नर बहादुर लावती, सुमन लावती, नविन लावती, युविना लावती, लोकेन्द्र लावती, जयराज लावती, पदमसिं लावती र धनकुमार लावती रहेका छन् । थप सदस्यहरु पछि थपिने जनाइएको छ । समितिको सल्लाहकारमा तेजेन्द्र लावतीलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लावतीले आगामी स्थानीय निर्वाचन र अन्य निर्वाचनहरुमा मिक्लाजुङ ५ मा मञ्चले स्थापित गर्न सबै एकजुट भएर पहिचान सहितको संघीय राज्य निर्माणमा नयाँ राजनैतिक दर्शनप्रति एकताबद्ध हुन अपिल गरेका छन् । पुरानो एकात्कवादी पार्टीहरुको पछि लागेर संघीयताको मूल मर्म र भावनालाई संस्थागत गर्न नसकिने उनले जिकीर गरेका छन् ।

उक्त कार्यक्रमलाई सल्लाहकार लावतीले सहजीकरण गरेका हुन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...