लिम्बुवान मञ्चको मेरिङदेन २ अध्यक्षमा छत्रमान निर्वाचित

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साँबा चोङबाङको प्रमुख आतिथ्यतामा छत्रमान लिम्बु श्रेङको अध्यक्षतमा २७ सदस्य कार्य समिति निर्वाचित भएका छन् ।

सोमबार आयोजित वडा अधिवेशन कार्यक्रमले समितिको उपाध्यक्षमा दल बहादुर लङवा, सहसचिवमा मनकुमार थक्से, अर्थसचिवमा धनुका अवजुङ चयन भएका छन् भने हाललाई सचिव पद रिक्त रहेको छ ।

यसरी नै सदस्यहरुमा रनबहादुर लिम्बु, धनप्रसाद लवा, पन्नाराम नाल्बो, रत्न नाल्बो, छत्र प्रसाद अवजुङ, फौदमान नाल्बो, फिपराज नाल्बो, दिपा थाङदेन, छत्र बहादुर लिम्बु, ललित चोङबाङ, दिलकुमार लिम्बु, भूमिराज यक्सो, मंगलसिं केदेम, शुन्द सेरेङ चोङबाङ, इन्साङ सिरेङ, विक्रम सिरेङ, विक्रम सिरेङ, फिरज सेरेङ्, झरिन सेरेङ, कबुन सेरेङ, हरि सेरेङ, गणेश सेरेङ, डम्बर सेरेङ, राजु सेरेङ, शुनिल सेरेङ, विनोद केदेम, सुदिप सेरेङ र केवल केदेम रहेका छन् ।

उक्त कायृक्रममा जिल्ला सचिवालय सदस्य करण हाङ्गाम, एलभी कमाण्डर केबल केदेम लगायत नेताहरुको उपस्थिति रहेको जिल्ला सचिव अशोक मादेनले बताएका छन् ।

 

सम्बन्धित समाचार

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...