लिम्बुवान मञ्चको मेरिङदेन २ अध्यक्षमा छत्रमान निर्वाचित

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङको मेरिङ्देन २ मा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संघीय रुपा साँबा चोङबाङको प्रमुख आतिथ्यतामा छत्रमान लिम्बु श्रेङको अध्यक्षतमा २७ सदस्य कार्य समिति निर्वाचित भएका छन् ।

सोमबार आयोजित वडा अधिवेशन कार्यक्रमले समितिको उपाध्यक्षमा दल बहादुर लङवा, सहसचिवमा मनकुमार थक्से, अर्थसचिवमा धनुका अवजुङ चयन भएका छन् भने हाललाई सचिव पद रिक्त रहेको छ ।

यसरी नै सदस्यहरुमा रनबहादुर लिम्बु, धनप्रसाद लवा, पन्नाराम नाल्बो, रत्न नाल्बो, छत्र प्रसाद अवजुङ, फौदमान नाल्बो, फिपराज नाल्बो, दिपा थाङदेन, छत्र बहादुर लिम्बु, ललित चोङबाङ, दिलकुमार लिम्बु, भूमिराज यक्सो, मंगलसिं केदेम, शुन्द सेरेङ चोङबाङ, इन्साङ सिरेङ, विक्रम सिरेङ, विक्रम सिरेङ, फिरज सेरेङ्, झरिन सेरेङ, कबुन सेरेङ, हरि सेरेङ, गणेश सेरेङ, डम्बर सेरेङ, राजु सेरेङ, शुनिल सेरेङ, विनोद केदेम, सुदिप सेरेङ र केवल केदेम रहेका छन् ।

उक्त कायृक्रममा जिल्ला सचिवालय सदस्य करण हाङ्गाम, एलभी कमाण्डर केबल केदेम लगायत नेताहरुको उपस्थिति रहेको जिल्ला सचिव अशोक मादेनले बताएका छन् ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...