माओवादीबाट जितेका एक्ला वडाध्यक्ष एमालेमा प्रवेश

 लिम्बुवान न्युज
                       

इलाम, १७ माघ । स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले पार्टीमा स्वागत गरेको हो । सन्दकपुर गाउँपालिकाका पाँच वडा रहेकामा चार वडामा एमालेको नेतृत्वले वडाध्यक्ष हत्याएको थियो । एक वडामा माओवादीबाट राई विजयी भएका थिए ।

राई जिल्लाभरमै माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । उनीसहित सोही वडाकी एक महिला जनप्रतिनिधि मात्र माओवादीबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...