इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनबाट सेवा शुभारम्भ

,   लिम्बुवान न्युज
                       

दमक, १७ माघ ।  झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा शुभारम्भ गरेको छ ।

यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा रहेको कार्यालय दमक ८ स्थित आफनै नयाँ प्रशासनिक भवनमा स्थानान्तरण गरिएको हो ।

कार्यालयका शाखा अधिकृत सूर्यमान बाँनियाले नागरिकता लिने प्रकृयामा रहेकी एक बृद्धालाई सेवा प्रदान गर्दै नयाँ भवनमा सेवा शुरुवात गरेका हुन । सो भवनबाट आज पहिलो सेवा लिने सेवाग्राही २००६ साल जेठ १७ गते जन्मिएकी शिवसताक्षी २ की भिममाया मगर रहेकी छिन् । उनले ७२ बर्षको उमेरमा आज सो कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी हुन ।

कार्यालय प्रमुख दिपक कोइराला आजनै नगरपालिका कार्यालयमा एउटा बैठकमा सहभागी हुन गएका कारण कार्यालय प्रमुखको निर्णय अनुसार आवश्यक सम्पूर्ण प्रकृया पूरा गरेर आएकी मगरका नाममा जारी गरिएको पहिलो नागरिकता आफूले हस्तान्तरण गरेको शाखा अधिकृत बाँनियाले जानकारी दिए ।

दमकमा इलाका प्रशासन कार्यालय २०५० चैत्र ४ गतेबाट स्थापना भएको हो । २८ बर्ष लामो समय सम्म घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा हालै दमक ८ मा आफनै भवन निर्माण भएकाले सो ठाउँबाट सेवा दिन शुरु गरिएको हो । इलाका प्रशासन कार्यालय दमकले दमक, कमल र शिवसताक्षी नगरपालिका क्षेत्रका सेवाग्राहीलाई नागरिकता, राहदानी, आदिवासी जनजाती प्रमाणित, नाबालक परिचय पत्र जारी गर्ने, संघ संस्था नविकरण, हातहतियार नविकरण लगायतका सेवासंगै प्रशासन कार्यालयमा पर्न आएका ठाडो उजुरीहरुमाथि सुनुवाई गर्ने लगायतका सेवा प्रदान गर्दै आएको छ । झापाका दमक र गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;