इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनबाट सेवा शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, १७ माघ ।  झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा शुभारम्भ गरेको छ ।

यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा रहेको कार्यालय दमक ८ स्थित आफनै नयाँ प्रशासनिक भवनमा स्थानान्तरण गरिएको हो ।

कार्यालयका शाखा अधिकृत सूर्यमान बाँनियाले नागरिकता लिने प्रकृयामा रहेकी एक बृद्धालाई सेवा प्रदान गर्दै नयाँ भवनमा सेवा शुरुवात गरेका हुन । सो भवनबाट आज पहिलो सेवा लिने सेवाग्राही २००६ साल जेठ १७ गते जन्मिएकी शिवसताक्षी २ की भिममाया मगर रहेकी छिन् । उनले ७२ बर्षको उमेरमा आज सो कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी हुन ।

कार्यालय प्रमुख दिपक कोइराला आजनै नगरपालिका कार्यालयमा एउटा बैठकमा सहभागी हुन गएका कारण कार्यालय प्रमुखको निर्णय अनुसार आवश्यक सम्पूर्ण प्रकृया पूरा गरेर आएकी मगरका नाममा जारी गरिएको पहिलो नागरिकता आफूले हस्तान्तरण गरेको शाखा अधिकृत बाँनियाले जानकारी दिए ।

दमकमा इलाका प्रशासन कार्यालय २०५० चैत्र ४ गतेबाट स्थापना भएको हो । २८ बर्ष लामो समय सम्म घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा हालै दमक ८ मा आफनै भवन निर्माण भएकाले सो ठाउँबाट सेवा दिन शुरु गरिएको हो । इलाका प्रशासन कार्यालय दमकले दमक, कमल र शिवसताक्षी नगरपालिका क्षेत्रका सेवाग्राहीलाई नागरिकता, राहदानी, आदिवासी जनजाती प्रमाणित, नाबालक परिचय पत्र जारी गर्ने, संघ संस्था नविकरण, हातहतियार नविकरण लगायतका सेवासंगै प्रशासन कार्यालयमा पर्न आएका ठाडो उजुरीहरुमाथि सुनुवाई गर्ने लगायतका सेवा प्रदान गर्दै आएको छ । झापाका दमक र गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...