धरान ८ मा दलित मुक्ति मञ्च गठन

 लिम्बुवान न्युज
                       

धरान, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय दलित मुक्ति मञ्च धरान ८ को वडा समिति गठन भएको छ । मंगलबार धरान ८ मा आयोजित एक कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो ।

आज आयोजित उक्त कार्यक्रममा समितिको उपाध्यक्षमा च्वान्टे परियार, सचिवमा टेक बहादुर बिक, सहसचिवमा कुमारी परियार वर्देवा, अर्थसचिवमा प्रमिला गहतराज विक चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा कल्पना परियार, प्रमिला परियार, केशव परियार, निकु रसाईली, नितु रसाईली, सीता बिक, पार्वती सेन्चुरी र अजय नेपाली सहित १३ सदस्यीय वडा समिति गठन भएको लिम्बुवान नगरअध्यक्ष सञ्जुहाङ साँवाले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...