
धरान, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय दलित मुक्ति मञ्च धरान ८ को वडा समिति गठन भएको छ । मंगलबार धरान ८ मा आयोजित एक कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो ।
आज आयोजित उक्त कार्यक्रममा समितिको उपाध्यक्षमा च्वान्टे परियार, सचिवमा टेक बहादुर बिक, सहसचिवमा कुमारी परियार वर्देवा, अर्थसचिवमा प्रमिला गहतराज विक चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा कल्पना परियार, प्रमिला परियार, केशव परियार, निकु रसाईली, नितु रसाईली, सीता बिक, पार्वती सेन्चुरी र अजय नेपाली सहित १३ सदस्यीय वडा समिति गठन भएको लिम्बुवान नगरअध्यक्ष सञ्जुहाङ साँवाले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।