इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका साथै अन्तरकृया गरि दिवस मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रोमनाथ ओलीले सिमसार संरक्षण गर्न चुनौती बन्दै गएकोमा सरोकारवालाहरु गंभीर बन्नु पर्नेमा जोड दिए ।

समितिका अध्यक्ष गोपाल राईको सभाध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख गीता अधिकारी, इन्जिनियर अनन्त सेनेहाङ, वातावरण इन्जिनियर ज्ञानेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा ताल परिसरमा धुपी र कपुरका बिरुवा समेत रोपिएको थियो ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...