
बिर्तामोड, २५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी त्यसैगरी गोविन्द ल्वागुन र कोषाध्यक्षमा कमल बुढाथोकी चुनिएका छन् ।
यसैगरी सो भेलाले सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चुनिएका छन् ।
केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेला सम्पन्न भएको उक्त भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा लगायतको उपस्थिति थियो ।