फिफा वीरयतामा नेपाल दुई स्थान उक्लियो

 लिम्बुवान न्युज
                       

काठमाडौं, २७ माघ । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । आज (बिहीबार) सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९औं स्थानमा थियो ।

१५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा मरिससलाई पराजित गरेपछि नेपालेको वरीयतामा सुधार आएको हो । पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोल मद्दतले नेपालले आफ्नो पक्षमा पारेको थियो ।

दक्षिण एसियाली देशहरूमा भारत १०४औं, माल्दिभ्स १५७औं रहेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ भने भुटान १८५औं, बांगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छ ।

फिफा वरीयताको दशौं स्थानहरु मध्ये पहिलो स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना, पाँचौंमा इङ्ग्ल्याण्ड, छैटौंमा इटली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा डेनमार्क र दशौंमा नेदरल्यान्डस् छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...