झापा ५ ‘ख’ मा लिम्बुवान प्रदेश क्षेत्रीय तदर्थ समिति गठनः अध्यक्षमा लक्ष्मी कन्दङवा

 लिम्बुवान न्युज
                       

दमक, २८ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश क्षेत्रीय समितिहरुको गठन तिव्र पारेको छ । शनिबार झापा क्षेत्र नं. ५ को ‘ख’मा मञ्चले कन्दङवाको अध्यक्षतामा प्रदेश क्षेत्रीय तदर्थ समिति लक्ष्मी गठन गरेको छ ।

मञ्चका लिम्बुवान बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा कमल बाँसबारीस्थित सामुदायिक सभाहलमा आयोजित उक्त कार्यक्रममा कन्दङवाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति बनेको हो । उक्त समितिको उपाध्यक्षहरुमा टेक बहादुर योङया, इन्द्र बहादुर सदेम्बा, सचिवमा तिर्थ पोमो, सह–सचिवमा हिमाल लिम्बु र अर्थसचिवमा टिकामाया सावादेन रहेका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः विकास लिम्बु, खिलाकुमारी श्रेष्ठ, हर्क सावादेन, अशोक राई, रण बहादुर लिम्बु, आशिष लिम्बु र सुकमाया फियाक रहनु भएको छ ।
कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावती, प्रदेश समन्वय समिति सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, सचिवालय सदस्यहरु बलनाथ नाल्बो, सुर्य योक्पाङदेन, संघीय सदस्य लिलादेवी लिम्बु, प्रान्तीय सदस्यहरु बसन्त योङहाङ, विरेन्द्र लिम्बु, विकास मगर, जिल्ला अध्यक्ष नगेन राई, एलभी कमाण्डर मण्डेल लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक तथा प्रान्तीय महासचिव भानुभक्त भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कमल, गौरादह र गौरीगञ्जका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...