दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
इलाम, २८ माघ । किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेशनबाट अध्यक्षमा बुद्धमाया सोङमी नर्वाचित भएकी छन् ।
बिहीबार इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको जिल्ला अधिवेशनबाट सोङमी अध्यक्षमा निर्वचित भएका हुन् ।
अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ इलामले लगातार दोश्रो पटकका लागि महिला नेतृत्व पाएको छ । यसअघिको कार्यकाल समेत गायत्री थेगिमले नेतृत्व गरेकी थिइन् ।
अधिवेशनले सोङमीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा पदम ताम्लिङ, सचिवमा संचारकर्मी राम योङहाङ, सहसचिवमा याम माबोहाङ र कोषाध्यक्षमा जुनु लिम्बू निर्वाचित भएका छन् ।
सदस्यहरुमा अतित योङहाङ, निर्मला चेम्जोङ, संगीता थलङ, राजकुमार लिङदेन, अप्सरा नेम्बाङ, पंचबहादुर योङहाङ, शिव थेगिम, रुपेन नेम्बाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा र अमृता येक्तेन निर्वचित भएका छन् ।
त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा सरस्वती तुम्बाहाम्फे, अमृतबहादुर केरुङ र प्रेम जवेगू निर्वाचित भएका छन् ।
अधिवेशनको बन्द सत्रमा निवर्तमान कोषाध्यक्ष बुद्धमाया सोङमीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र राम योङहाङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको थियो ।
अधिवेशनमा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका शाखाबाट ५० बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
निवर्तमान अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य अभिषेक येक्तेन (चक्र) र विष्णु तुम्बापो, लिम्बुवान प्रदेश सदस्य तीर्थ साउदेन, सल्लाकार बखतबहादुर आङदेम्बेले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...