फालेलुङमा लिम्बुवानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

पाँचथर, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ ७ वडा कार्य समितिको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मञ्चका संघीय सह–सचिव तथा पान्थर क्षेत्र का संयोजक सागर केरुङको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ ।

फालेलुङस्थित सिदेनमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका हुन । कार्यक्रममा जिल्ला सचिव सुबास केरुङ ’नुनाम’, फालेलुङ गाउँपालिका अध्यक्ष कुमार केरुङ, उपाध्यक्षद्वय पुर्ण चोङ्बङ, धनबहादुर केरुङ, सचिव कुमार यवा ’मौसम’, सघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु ’खाम्बेक’ लगायत नेताहरुको उपस्थित रहेको थियो ।

कार्यवाहक वडा अध्यक्ष भिम मेन्याङबोको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको संचालन सचिव अमर चोङ्बाङ्ले गरेका थिए ।

पान्थर क्षेत्र ख मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन हुने

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर क्षेत्र ख मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रम हुने भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा क्षेत्र ख का संयोजक लावाहाङ चेम्जोङ्का अनुसार यहि फाल्गुन ५ गते मिक्लाजुङ ४स्थित रबि बजारमा बृहत भेला गरी तदर्थ समिति गठन हुने जनाएका छन् ।

कार्यक्रममा पान्थरको ख क्षेत्रका सबै स्थानीय पालिकाहरुबाट प्रतिनिधि बोलाइएको उनले बताए । शुक्रबार झापाको दमकमा बसेको त्यस क्षेत्र कार्यदलको बैठकले कार्यक्रमको तय गरेको जिल्ला बरिष्ठ उपाध्यक्ष जितेन्द्र चेम्जोङले लिम्बुवान खबरलाई बताएका छन् । उनले पान्थरका सबै नेताहरु कार्यक्रममा केन्द्रित हुन समेत अनुरोध गर्दै उनले भने सो कार्यक्रममा प्रशिक्षण समेत दिने बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...