लिम्बुवान मञ्चको वडा कार्यालय उद्घाटन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय, मञ्च शिवसताक्षी वडा नं. १ समितिले कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । शिवसताक्षी धरमपुरस्थित फुलबारी चोकमा मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले रिवीन काटेर शनिबार कार्यालय उद्घाटन गरेसँगै कार्यालय संचालनमा आएको हो ।

शनिबार कार्यालय उद्घाटन सँगै पार्टीका वडा कार्यालय एकदिने राजनीतिक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूले पार्टीको आगामी कार्यक्रमहरुको बारे बताउनु भयो । उक्त कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य दिलबहादुर सेरेङ, सुमन सम्बाहाम्फे, संघीय सदस्य विवेक सुनुवार, पहिचान समिति सदस्य भगिश्वर मेन्याङबो त्यसैगरी जिल्लाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा त्यस वडाका सबै तहका नेताहरुको उपस्थिति रहेको शिवसताक्षी नगरका अध्यक्ष विचारी लावतीले जनाएका छन् ।
कार्यक्रममा वडाका वृद्ध व्यक्तिहरुलाई र बिगत लामो समय ९ वर्ष सम्म आफ्नो घरमा पार्टीलाई कार्यालय कोठा दिएर सहयोग गर्नुहुने समीर चेम्जोङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

त्यसैगरी विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गर्नुहुनेहरु सुशीला सेर्मा, विष्णु लक्सम, लक्ष्मी लक्सम, शान्ति लक्सम, मानबहादुर नेम्वाङ र तिलकबहादुर राई खादा ओडाई पार्टीमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...