लिम्बुवान मञ्चको वडा कार्यालय उद्घाटन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय, मञ्च शिवसताक्षी वडा नं. १ समितिले कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । शिवसताक्षी धरमपुरस्थित फुलबारी चोकमा मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले रिवीन काटेर शनिबार कार्यालय उद्घाटन गरेसँगै कार्यालय संचालनमा आएको हो ।

शनिबार कार्यालय उद्घाटन सँगै पार्टीका वडा कार्यालय एकदिने राजनीतिक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूले पार्टीको आगामी कार्यक्रमहरुको बारे बताउनु भयो । उक्त कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य दिलबहादुर सेरेङ, सुमन सम्बाहाम्फे, संघीय सदस्य विवेक सुनुवार, पहिचान समिति सदस्य भगिश्वर मेन्याङबो त्यसैगरी जिल्लाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा त्यस वडाका सबै तहका नेताहरुको उपस्थिति रहेको शिवसताक्षी नगरका अध्यक्ष विचारी लावतीले जनाएका छन् ।
कार्यक्रममा वडाका वृद्ध व्यक्तिहरुलाई र बिगत लामो समय ९ वर्ष सम्म आफ्नो घरमा पार्टीलाई कार्यालय कोठा दिएर सहयोग गर्नुहुने समीर चेम्जोङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

त्यसैगरी विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गर्नुहुनेहरु सुशीला सेर्मा, विष्णु लक्सम, लक्ष्मी लक्सम, शान्ति लक्सम, मानबहादुर नेम्वाङ र तिलकबहादुर राई खादा ओडाई पार्टीमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...