पाँचौं संस्करणको झापा गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक

,   लिम्बुवान न्युज
                       

 

विर्तामोड, झापा । मोफसलकै उत्कृष्ट झापा गोल्डकपको पाँचौँ संस्करणको तयारी तिब्र रुपमा हुँदैछ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै विर्तामोडस्थित सचिवालयमा आयोजकले गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक गरेको हो ।
गोल्डकप विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही फागुन २१ गतेदेखि ३० गतेसम्म संचालन हुने बताइएको छ । गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत रहेको छ भने डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाले स्वर दिएका छन् ।
गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ । मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गरेका हुन् । यो वर्षको झापा गोल्डकपको नारा ‘डोमालाल राजवंशी रंगशालाको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ। झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताए ।
गोल्डकप नजिकिएसँगै डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य सुरु समेत गरिएको छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने काम धमाधम भइरहेको छ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;