लिम्बुवानको मैवाखोला अध्यक्षमा चरण मुसाहाङ निर्वाचित

 लिम्बुवान न्युज
                       

मैवाखोला, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मैवाखोला गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चरण मुहासङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको हो ।

मञ्चका जिल्ला सचिव अशोक मादेनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्ष मुसाहाङसँगै उपाध्यक्षहरुमा सूर्य नेयोङ, भीमकुमार लिम्बू, सचिवहरुमा उमेश यक्युपा र भीमकुमार वनेम, अर्थसचिवमा शशिहाङ्मा नेयोङ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा हर्कप्रसाद वनेम, जीतबहादुर लिम्बू, खड्क वनेम, मनीहाङ लिम्बू, रामबहादुर लिम्बू, लालबहादुर वनेम, संगीता लिम्बू लगायत रहेका छन् ।

त्यसैगरी सोही अधिवेशनबाट संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च समेत गठन भएको छ । शुसील लिम्बुको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा खडक लिम्बु, सन्तवीर थोप्रा, सचिवमा सूर्य लिम्बु चयन भएका छन् भने सदस्यहरुमा सुरेन सुब्बा, घगेन्द्र लिम्बु, तुम्बाहाङ लिम्बु लगायत १३ सदस्यीय समिति रहेको छ ।

अधिवेशनमा मञ्चका जिल्ला अर्थसचिव केदार ताम्लिङ, जिल्ला सदस्य उमेश वनेम लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...