लिम्बुवान मञ्च आठराईत्रिवेणी १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी वडा १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन भएका छन् ।
शनिबार साँझ सम्पन्न वडा अविधेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन् । कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास यूकेका केन्द्रीय सदस्य राम पोमूलाई विशेष सम्मान एवम् स्वगत गरिएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका थिए । मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमू, लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ र रीता मादेन प्रान्तीय सदस्य अमृता गुरुङको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा उपस्थिति तथा नव प्रवेशीहरुलाई पार्टीको गतिविधि, आगामी स्थानीय निर्वाचन र पार्टीको भावि कार्यक्रमहरु बारे नेताज्यूहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमले उपाध्यक्षमा मान बहादुर देवली, सचिवमा रामकुमार गुरुङ, सचिवमा जगत पोमू, अर्थसचिवमा सरद कुमार पोमू चयन भएका छन् भने उक्त कार्यक्रमले ४३ सदस्यीय वडा समिति समेत गठन गरेको छ ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...