ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ ।

मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रान्तीय सचिव मुक्साम लाबुङ, महिला नेत्रीहरु प्रान्तीय सचिव रिता मादेन, प्रान्तीय सदस्यहरु रुपा चोङबाङ, अमृता गुरुङ र जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

नव गठित समितिको उपाध्यक्षहरुमा विगेन्द्र ओख्राबु, आईतवीर एभेङ, गजेन्द्र एभेङ, रामप्रसाद थाङदेन, त्यसैगरी सचिवमा शुक्रराज याङदेन, सहसचिवमा मंगल चोङबाङ र अर्थसचिवमा सञ्चमान चोङबाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चन्द्र कुमार चोङबाङ, नर बहादुर ओख्राबु, हरि वनेम, दिपेश ओख्राबु, आशवीर एभेङ, राम एभेङ, सुकवीर चोङबाङ, सुक्ला नाल्बो, सञ्चहाङ ओख्राबु रहेका छन् भने सल्लाहकारहरुमा देउमान ओखाबु, कृष्ण गोपाल थाङदेन, सन्तोष एभेङ, जैमान ओख्रबु र सञ्जवीर थोप्रा रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...