चुलाचुलीमा लिम्बुवान मञ्चद्वारा ३ वटा वडाको अधिवेशन संयुक्त रुपमा सम्पन्न

 लिम्बुवान न्युज
                       

चुलाचुली, ११ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले वडा अधिवेशनलाई तिव्रता दिएको छ । चुलाचुली पालिकाले मञ्चका संघीय सह–सचिव चौकीदार तामाङको प्रमुख आतिथ्यतामा चुलाचुली ३, ४ र ५ को वडाअधिवेशन संयुक्त रुपमा मंगलबार गरेको हो ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. ३ को अध्यक्षमा रत्न कुमार खवास निर्वाचित भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षमा विष्णुकुमार राई, सचिवमा मन कुमार कुलुङ, अर्थसचिवमा ऋषि राई चयन भएका छन् भने सदस्यहरुमा लक्ष्मण राई, बुद्ध साउदेन, अमृता सुब्बा लावती, सुकमान आङथुपो, दिपक राई, सन्तोष राई, लोचन फागो, दिपेन राई, विजय नोवाङ, कृष्ण राई र सुनिल राई बनेका छन् ।

त्यसैगरी वडा नं. ४ को अध्यक्षमा रामकुमार योगीको अध्यक्षतामा १२ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा बुद्धिमाया केरुङ र जीवन तामाङ, सचिव मंगल बहादुर केरुङ, सह–सचिवमा शुक बहादुर तुम्रोक र अर्थसचिवमा कुल बहादु आङथुपो चयन भएका छन् । यसरी नै समितिको सदस्यहरुमा मतिहाङ केरुङ, घनेन्द्र केरुङ, लाल बहादुर सुनुवार, विर्ख बहादुर लिम्बु, खडक बहादुर तुम्रोक र ललिता हिङमाङ रहेका छन् ।

यसरी नै लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली वडा नं. ५ को अध्यक्षमा शान्तिराज राई चयन भएका छन् । समितिमा उपाध्यक्ष सरस्वती योङहाङ, सचिवमा राज फागो, सह–सचिवमा कोपिला तामाङ र अर्थ सचिवमा सुमीत्रा फागोलाई जिम्मेवारी दिइएको छ । यसरी नै समितिको सदस्यहरुमा ववराज तामाङ, अर्विन योङया, आइतरानी लिम्बु, जुनु लिम्बु, सुसन फागो, धनबहादुर चेम्जोङ, लिलारुपा राई र बिना तुम्रोक चयन भएका छन् ।

मंगलबार संयुक्त वडा अधिवेशन कार्यक्रममा मञ्चका प्रान्तीय सचिवालय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव), लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर हाइजन आङथुपो, जिल्ला इलामका अध्यक्ष विपिन योङया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेर नव निर्वाचित तिन वटै वडाका नेताहरुलाई बधाई दिएका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...