चुलाचुलीमा लिम्बुवान मञ्चद्वारा ३ वटा वडाको अधिवेशन संयुक्त रुपमा सम्पन्न

 लिम्बुवान न्युज
                       

चुलाचुली, ११ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले वडा अधिवेशनलाई तिव्रता दिएको छ । चुलाचुली पालिकाले मञ्चका संघीय सह–सचिव चौकीदार तामाङको प्रमुख आतिथ्यतामा चुलाचुली ३, ४ र ५ को वडाअधिवेशन संयुक्त रुपमा मंगलबार गरेको हो ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. ३ को अध्यक्षमा रत्न कुमार खवास निर्वाचित भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षमा विष्णुकुमार राई, सचिवमा मन कुमार कुलुङ, अर्थसचिवमा ऋषि राई चयन भएका छन् भने सदस्यहरुमा लक्ष्मण राई, बुद्ध साउदेन, अमृता सुब्बा लावती, सुकमान आङथुपो, दिपक राई, सन्तोष राई, लोचन फागो, दिपेन राई, विजय नोवाङ, कृष्ण राई र सुनिल राई बनेका छन् ।

त्यसैगरी वडा नं. ४ को अध्यक्षमा रामकुमार योगीको अध्यक्षतामा १२ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा बुद्धिमाया केरुङ र जीवन तामाङ, सचिव मंगल बहादुर केरुङ, सह–सचिवमा शुक बहादुर तुम्रोक र अर्थसचिवमा कुल बहादु आङथुपो चयन भएका छन् । यसरी नै समितिको सदस्यहरुमा मतिहाङ केरुङ, घनेन्द्र केरुङ, लाल बहादुर सुनुवार, विर्ख बहादुर लिम्बु, खडक बहादुर तुम्रोक र ललिता हिङमाङ रहेका छन् ।

यसरी नै लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली वडा नं. ५ को अध्यक्षमा शान्तिराज राई चयन भएका छन् । समितिमा उपाध्यक्ष सरस्वती योङहाङ, सचिवमा राज फागो, सह–सचिवमा कोपिला तामाङ र अर्थ सचिवमा सुमीत्रा फागोलाई जिम्मेवारी दिइएको छ । यसरी नै समितिको सदस्यहरुमा ववराज तामाङ, अर्विन योङया, आइतरानी लिम्बु, जुनु लिम्बु, सुसन फागो, धनबहादुर चेम्जोङ, लिलारुपा राई र बिना तुम्रोक चयन भएका छन् ।

मंगलबार संयुक्त वडा अधिवेशन कार्यक्रममा मञ्चका प्रान्तीय सचिवालय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव), लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर हाइजन आङथुपो, जिल्ला इलामका अध्यक्ष विपिन योङया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेर नव निर्वाचित तिन वटै वडाका नेताहरुलाई बधाई दिएका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...