दमकका ६ जना श्रष्टा नगद सहित सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १४ फाल्गुन । झापाको दमकमा आयोजित एक कार्यक्रमबाट आज विभिन्न विधा साहित्य, कला र सँस्कृति क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको हातबाट सम्मान गरिएको हो ।

आज शनिबार सम्मानित हुनेमा डा. गोविन्दराज भट्टराई (विशिष्ट प्रतिभा), डा. सोमबहादुर धिमाल (सँस्कृति), जसहाङ्ग लिम्बु (विज्ञान प्रविधि), चन्द्रा गड्तौला (कला साधना), रचना लावती (मातृभाषा साहित्य) र सेलिया श्रेष्ठ (बाल प्रतिभा) पुरस्कारबाट सम्मानित भएका छन् ।

पुरस्कारको राशी नगद १५, २१ र ५१ हजार रहेको प्रतिष्ठानले जनाएको छ ।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि प्रा.डा. गुरुङ्गले साहित्य कला क्षेत्रको विकासले चेतनाको विकास भई समृद्धि समाज निर्माणमा समेत टेवा पुग्ने बताएका छन् । कार्याक्रममा ४ जना श्रष्टाको पुस्तक समेत विमोचन गरिएको छ । डा. अन्जना भट्टराईको समय संवेग, मेघराज तिम्सिना (दिगभ्रम कविता संग्रह लोकार्पण गर्नु भएको छ । यस्तै, अम्बिकाप्रसाद सापकोटा र देवेन्द्र सापकोटाको समेत शोक काव्य, मुक्तक र नाटक विधाका पुस्तकहरु विमोचन भएका छन् ।

यस्तै कार्याक्रममा पुस्ताकालय समेत उद्घाटन, साँस्कृतिक र साहित्य वाचन समेत गरिएको छ । कार्याक्रममा भारत लगायत अन्य जिल्लाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको छ । नेपालमा पहिलो पटक स्थानीय सरकारको संयोजनमा प्रज्ञा प्रतिष्ठान संचालनमा ल्याएर साहित्य, कलाको विकासमा समाजलाई अगाडि बढाउन पाउँदा नगरपालिकाले गौरब महशुष गरेको कार्याक्रमका विशिष्ट अतिथि रहनु भएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

प्रतिष्ठानले दमक ज्योति र बालज्योति नामक साहित्यिक पत्रिका समेत नियमितरुपमा प्रकाशन थालेको छ । कार्याक्रममा विभिन्न जातिकाका साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संचालक प्रतिष्ठानका सचीव विष्णु न्यौपानेले बताए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...