झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, १५ फाल्गुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए । त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।

झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानमा रहेको टोली हो । चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । लिगमा थ्री स्टार छैटौँ स्थानमा रहेको थियो । प्रतियागिताअनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भारत दार्जिलिङको एम एफसीले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।

झापा गोल्ड कपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अायाेजकले जनाएकाे छ ।पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;