शिटाैला इन्टरप्राइजेजले ल्यायाे दमकमा विद्युतीय स्कुटी

 लिम्बुवान न्युज
                       

दमक , १६ फागुन । झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो ।

उक्त व्यवसायिक गृहको आज दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । उनले उद्घाटनका क्रममा विद्युतीय स्कुटी र साईकल वातावरणमैत्री भएकाले यसको प्रयोगमा हामीसवैले जोड दिनुपर्ने औल्याईन् ।

भारतमा निर्मित पियूर कम्पन्नीको विद्युतीय स्कुटर र साईकल विक्री शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ , पियूर कम्पन्नीका नेपाल प्रमुख अशोक खड्गी लगायतले व्यवसायिक सफलताको शुभकामना गरेका थिए ।

दमकका लागि आधिकारिक विक्रेता सिटौला इन्टरप्राईजेजका सञ्चालक निशा सिटौलाका अनुसार इन्धन नचाहिने उक्त स्कुटी फूल चार्ज गरेपछि १२० किलोमिटर कुदुने क्षमता रहेको छ । दुई मोडलका उक्त स्कुटीको मूल्य २ लाख ४९ हजार र २ लाख ६० हजार रहेको छ । शोरुम उद्घाटनका अवसर पारेर स्कुटी ग्राहकहरुलाई लक्षित गरि ८ हजार सम्म छुटको समेत व्यवस्था गरिएको उनले बताईन् ।

इन्टरप्राईजेजले स्कुटी खरिद गर्न चाहनेका लागि एक्सचेन्ज , फाइनान्सको समेत व्यवस्था गरिएको सञ्चालक गंगा सिटौलाले बताए ।
शोरुम शुभारम्भ कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक जेसीजका अध्यक्ष सन्जीव बराल,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का,कांग्रेस क्षेत्रीय सचिव मुकुन्द उप्रेती ,विभिन्न संघसंस्था,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...