
सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
मोरङ, १६ फाल्गुन । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम समापन भएको छ ।
पथरीको मनोहर होटल एण्ड फनपार्कमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको छ ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडाको कार्यबाहक अध्यक्ष रोमान्सि धिमाल, फोनिज १ नम्बर प्रदेश इन्चार्जसमेत रहेका प्रमुख प्रशिक्षक दिपिन राई, प्रेस चौतारी मोरङ जिल्ला उपाध्यक्ष सन्तोष राई, प्रशिक्षक केशब निरौला, फिपराज बेघा लगायतले मन्तब्य राखेका थिए ।
समापन कार्यक्रममा सहभागीको तर्फबाट सुमन थापा र सर्मिला दाहालले तालिमको अनुभव सुनाएका थिए । थापा र दाहाले तालिम प्रभाबकारी भएको प्रतिकृया दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र, प्रशिक्षकलाई कदरपत्र र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
आदर्श सर्भिस सेन्टर प्रा.लि.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्धको सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको समापन कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गरेका थिए ।
प्रदेश सभा सदस्य (समानुपातिक) कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा आयोजित तालिम फागुन १३–१५ गते तीन दिनसम्म चलेको थियो । तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, मिक्लाजुङ, त्यसैगरी अन्य जिल्लाहरु झापा, उदयपुर लगायतबाट ३० जना सहभागी भएका थिए ।
तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गरेको रातोकलम डटकमको प्रबन्धक मौसम लिम्बूले बताए ।
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...
ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...
ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...