निम्स नेशनल हस्पिटलमा आजबाट सिटी स्क्यान सेवा शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, १७ फागुन । झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले आज (मंगलबार) देखि सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको छ ।

सिटी स्क्यान सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गरिन् । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रममा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय, विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएको अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रेफर दिने गरेको स्पष्ट पारिन् । सरकारी अस्पताल दमक अस्पतालकी अध्यक्ष समेत रहेकी अधिकारीले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन् । उनका अनुसार दमक अस्पतालमा सो सेवा नहुँदा बीमा कार्यक्रमबाट लाभ लिनुपर्ने बिरामीहरुलाई दमक बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेकोमा निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको बताइन् ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा बिकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । उनले विभिन्न किसिमका विशेषज्ञ चिकित्सकहरुबाट नियमित ओपिडी, सर्जन सेवाहरु समेत प्रदान गर्दै आएको जनाएका छन् । सो अवसरमा आम्दा अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ड डा. नविन ढकाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सिटी स्क्यान सेवाको अभाव खडकिएको लामो समयपछि चालू एक महिना भित्रै दमकमा दुई वटा अस्पतालले सो सेवा प्रदान गर्न शुरु गरेकोमा खुशी व्यक्त गरे ।

सोही अवसरमा निम्स अस्पतालका संस्थापक अध्यक्ष बलभद्र कोइरालाले सेवालाई थप विस्तार गर्ने सिलसिलामा छिट्टै एमआरआई सेवा समेत ल्याउन सुझाव दिए । अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडाध्यक्ष रामबहादुर धिमाल, अस्पतालका सचिव रोशन विष्ट, कोषाध्यक्ष रमा लिम्बु , लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक ट्रेजरर बबरजंग थापा, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष सुरेश सुब्बा, अस्पतालका सञ्चालकहरु, स्थानीय सामाजिक अगुवाहरु लगायत, चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सरकारले व्यवस्था गरेको १० प्रतिशत आरक्षित निशुल्क सेवालाई पनि अस्पतालले निरन्तरता दिदैं आएको अस्पतालका मार्केटिङ विभाग प्रमुख गणेश प्रधानले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...