शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन भएको छ । विहीबार शिवसताक्षीस्थित भुपु सैनिक भवनमा आयोजित एक कार्यक्रमले प्राइमरी कमाण्डर विजय योङहाङको कमाण्डमा गठन भएको हो ।

यसैगरी उक्त कमाण्डमा प्राइमरी कमाण्डर पंकज काफ्ले, सेल कमाण्डमा सदस्यहरु नेत्र प्रसाद बास्कोटा, मन बहादुर योगी, विवेक पदालुङ, सागर राई, मेनिक हांगाम, सन्तोष लिवाङ, सुनिल सिगु, करण बि.क., प्रकाश योङहाङ, एनोज बि.क. र विशाल बि.क. रहेका छन् ।

त्यसैगरी शिवसताक्षी १ को प्राइमरी कमाण्डरमा विसाल माङलाक र सेल सदस्यहरुमा पवन लिम्बु, सञ्जय लिम्बु र रोविन सेर्मा नियुक्त भएका छन् ।

कार्यक्रममा प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावती, प्रान्तीय सचिव तथा प्रवक्ता काजीमान ओख्राबो लिम्बु, प्रान्तीय सचिव भिम सुनुवार, प्रान्तीय सचिवालय सदस्य किरण लिङ्देन, समुन सम्बाहाम्फे, एल.भी. उपकमाण्डर मण्डेम लिम्बु, झापा जिल्ला अध्यक्ष नगेन राई त्यसैगरी शिवसताक्षी नगर अध्यक्ष विचारी लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...