शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी १० र १ मा प्राइमरी कमाण्ड गठन भएको छ । विहीबार शिवसताक्षीस्थित भुपु सैनिक भवनमा आयोजित एक कार्यक्रमले प्राइमरी कमाण्डर विजय योङहाङको कमाण्डमा गठन भएको हो ।

यसैगरी उक्त कमाण्डमा प्राइमरी कमाण्डर पंकज काफ्ले, सेल कमाण्डमा सदस्यहरु नेत्र प्रसाद बास्कोटा, मन बहादुर योगी, विवेक पदालुङ, सागर राई, मेनिक हांगाम, सन्तोष लिवाङ, सुनिल सिगु, करण बि.क., प्रकाश योङहाङ, एनोज बि.क. र विशाल बि.क. रहेका छन् ।

त्यसैगरी शिवसताक्षी १ को प्राइमरी कमाण्डरमा विसाल माङलाक र सेल सदस्यहरुमा पवन लिम्बु, सञ्जय लिम्बु र रोविन सेर्मा नियुक्त भएका छन् ।

कार्यक्रममा प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावती, प्रान्तीय सचिव तथा प्रवक्ता काजीमान ओख्राबो लिम्बु, प्रान्तीय सचिव भिम सुनुवार, प्रान्तीय सचिवालय सदस्य किरण लिङ्देन, समुन सम्बाहाम्फे, एल.भी. उपकमाण्डर मण्डेम लिम्बु, झापा जिल्ला अध्यक्ष नगेन राई त्यसैगरी शिवसताक्षी नगर अध्यक्ष विचारी लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...