कन्काई लिम्बुवान अध्यक्षमा हस्तबहादुर वनेम निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २१ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कन्काई नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कन्काईको दुर्गापुरीमा आयोजित अधिवेशनबाट हस्तबहादुर वनेमको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञान बहादुर इम्बुङको प्रमुख आतिथ्यतामा गठित नयाँ कार्य समितिको उपाध्यक्षहरुमा सुवास मावो, छत्र बहादुर कुरुम्बाङ, तुलबहादुर सोनाङ राई, सचिवमा बसन्त मेन्याङ्बो र अर्थसचिवमा सरिता खजुम निर्वाचित भएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा कर्ण बहादुर फावेन, काजीमान मावो, बलबहादुर नेम्बाङ, लिला खजुम, नविन पोख्रेल, जर्तन किस्कु, सम्पतलाल खवास, तुलसा निङलेखु (तामाङ), इन्द्रकुमारी कुलुङ, रनमाया फोम्बो, थुमिना राई, सत्यकला राई र मालती इजम लिम्बु रहेका छन् ।

आज आयोजित उक्त कार्यक्रमको विशिष्ट अतिथिमा प्रान्तीय सचिव भक्त मेन्याङबो, प्रदेश सचिव भविराज तुम्सा, त्यसैगरी अतिथिहरुमा झापा जिल्ला अध्यक्ष नगेन राई, उपाध्यक्ष राजा आङथुपो, जिल्ला सचिवालय सदस्यहरु प्रेमकुमार फोम्बो, सल्लाहकार राम थपलिया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नगर अध्यक्ष हाङविर कुलुङको सभाध्यक्षतामा भएको थियो । त्यसैगरी स्वगत मन्तव्य नगरउपाध्यक्ष हस्त बनेमले गरेका थिए भने संचालन बसन्त मेन्याङबोले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...