दमक १ मा लिम्बुवान मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २२ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल दमक वडा नं. १ ले एकदिन राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाले मञ्चको सांगठानिक संरचना, अर्थनीति र राजनैतिक दर्शनबारे प्रशिक्षण गराएका थिए ।

शनिबार आयोजित कार्यक्रम मञ्चको वडा नं. १ का अध्यक्ष उदय माङ्लाकको सभाध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगर अध्यक्ष याम लिम्बु, उपाध्यक्ष टंक केरुङ् लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाका ४० भन्दा धेरै नेता कार्यकर्ताहरुले प्रशिक्षण लिएका थिए ।

दमकमा विगत ३० बर्ष देखी ब्रिटिस ल्याङ्वेज संचालन गरेर बसेका सुब्बासँग शिक्षण पेशामा लामो अनुभव रहेको छ । दमकमा कुनै ताका ल्याङ्वेज सेन्टरको नाम लिनु पर्दा ब्रिटिस कै पहिलो पंक्तीमा आउँथ्यो । उनै सुब्बा पहिचान, संघीयता, लिम्बुवानसँग १०+१ प्रान्त हुनुपर्छ भनेर विगत १५ बर्ष देखि निरन्तर पहिचानको राजनीतिमा खटिरहेका नेता हुन् ।

कार्यक्रममा दमक नगर सल्लाहकार गुमानसिंह सम्बाहाम्फे, नगर अर्थसचिव सीता केरुङ् लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...