प्रथम दमककप राष्ट्रिय महिला भलिबलको फाइनलमा आर्मी र न्यू डाइमण्ड भिड्ने

 लिम्बुवान न्युज
                       

दमक, २३ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीलाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।

११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि गरिएको खेल प्रतियोगिताको भोलि तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विहान ७ बजे खेल हुने छ । यस्तै फाइनल खेलका लागि १० बजे आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ । आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगती नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् ।

खेलमा प्रथम हुनेले २ लाख र दितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् ।

यस्तै आज भएको खेल अवधिको समयमा यस अघि वंगालादेशमा भएको अन्तराष्ट्रिय स्तरको खेलमा विजयी बनेर आएका १२ जना खेलाडी र ३ जना पूर्व खेलाडी सहितलाई सम्मान पत्र र नगद ५ हजारले सम्मान गरिएको दमक भलिवल खेल विकास समितिका उपाध्यक्ष प्रेम बाँस्तोलाले बताए ।

महिलाको खेल क्षेत्रमा विकास गर्न दमकले मात्र ८ लाख नगद उपलव्ध गराएको छ भने खेल संचालन गर्न १६ लाख भन्दा धेरै खर्च हुने भएकाले सहयोग संकलनका लागि दमक भलिबल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठको संयोजनमा सहयोग जुट्दै गएको समितिका सचिव पूर्व खेलाडी राजु श्रेष्ठले बताएका छन् ।
सयौं दर्शक माझ भएको राष्ट्रिय स्तरको भलिबल आँखै अगाडी निशुल्क हेर्न पाउँदा दमक लगायत छिमेकी पालिकाहरुका स्थानीय खेलप्रेमीहरुले खुशी व्यक्त गरेका छन् । (तस्वीरः डिकेश लामा)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...