लिम्बुवान प्रान्तीय कार्यालय अध्यक्ष लिङदेनको हस्तबाहुलीबाट शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, २५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय नयाँ व्यवस्थापन सहित शुभारम्भ भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ब्यानर पढ्दै रिवन काटेर शुभारम्भ गरेका छन् ।

मञ्चको प्रान्तीय कार्यालय यस अघि इटहरीमा रहेको थियो । यद्यपी कार्यालय व्यवस्थापन र नौ जिल्लाको केन्द्र दमक नै ठहर गर्दै मञ्चले कार्यालय दमकमा पुनः स्थानन्तरण गरेको हो । मञ्चको स्थापना काल देखि नै दमकमा रहेर पार्टी संचालन गर्दै आएको थियो । लामो समय दमकमा रहेर पार्टी संचालन गरेको अध्यक्ष लिङदेनले स्मरण गर्दै पुनःताजकी दिदैं लिम्बुवान आन्दोलन नयाँ स्प्रिटका साथ अघि बढने उनले विश्वास लिएको बताउनु भयो ।

२०६२ सालमा स्थापना भएको मञ्च निरन्तर संघीयता, पहिचान सहितको १०+१ प्रान्त प्राप्तीको यात्रामा अघि बढेको प्रस्ट पार्दै अध्यक्ष लिङदेनले भने लिम्बुवानको आन्दोलन शान्तिपूर्ण तर शसक्त हुनेछ । क्रान्तिको नाममा कहिल्यै बन्दुक बोक्ने लिम्बुवानले कल्पना गरेको छैन बरु बन्दुक भन्दा शान्तिपूर्ण आन्दोलनमै शक्ति हुने उनले विश्वास भएको बताए ।

यसरी नै वर्तमान सरकारले स्थानीय तहको निर्वाचन पूर्व सबै दललाई आ–आफ्नो चुनाव चिन्ह दिए ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । थ्रेस होल्डको नाउँमा ठूलादलहरुले साना दललाई सिण्डिकेट लगाएको आरोप लगाउँदै उनले भने लोकतन्त्रको ठाडो खिल्ली उडाउने संसारमै कहि नभएको पहिचान विनाको संघीय राज्य निर्माण गर्ने एकात्मकपार्टी कांग्रेस एमालेले कहिल्यै संघीयता नचाहेको जिकीर गरे ।

यसरी नै एमसीसी ल्याउने महत्वपूर्ण पात्र प्रचण्ड नै हुन् भन्दै अध्यक्ष लिङदेन आजभन्दा तीन बर्ष अघि अमेरिका जाँदै यी सबै प्रक्रिया अघि बढेको बताउँनु हुँदै उनले भने एमसीसी के हो यसको स्वेत पत्र जारी गर, सबै राजनैतिक दललाई राखेर गोलमेच सम्मेलन गरेर जनतालाई प्रष्ट पार्नु पर्ने फरक धारणा राख्दै एमसीसीको बिरोध गरेको स्मरण गर्दै एमसीसी ३ बर्ष अघि नै सम्झौता भइसकेको खाली कसरी कार्यान्वयन गर्ने मात्र बाँकी रहेको अध्यक्ष लिङदेनले बताउनु भयो ।

कार्यालय शुभारम्भ कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष बिष्णु कुमार यक्सोले आफूले नजिकबाट लिम्बुवान आन्दोलन न्यालिरहेको हुँदा एकदिन यो आन्दोलन संस्थागत हुने स्पष्ट पार्नु भयो । तपाईहरु नथाक्न अनुरोध गर्दै चुनौतीहरुको चाङसँग लड्न प्ररित गर्दै अब आन्दोलन र चुनावहरुसँग जुध्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
मञ्चका प्रान्तीय उपाध्यक्ष चन्द्र खापुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य प्रान्तीय उपाध्यक्ष एबी पन्धाकले राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रान्तीय महासचिव दिलकुमार लावतीले गरेका थिए ।

कार्यक्रममा झापा, मोरङ र सुनसरीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यलयबाट नौ जिल्लाको जिल्ला समिति, क्षेत्रीय समिति, नगर, वार्ड र एकाईहरु त्यसैगरी प्रान्तीयन जनवर्गीय संगठनहरुलाई शसक्त र सांगठानिक मजबुत बनाउने, सबै कागजपत्रहरुको व्यवस्थापन, संगठनलाई अझ शसक्तरुपमा क्रियासिल बनाउने महत्वपूर्ण कार्यहरु गर्ने बताइएको छ ।

यसरी नै मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाको घरमा रहेको कार्यालय पाँच बर्षको लागि सम्झौता गरिएको अर्थसचिव दिलु लिङदेनले बताइन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...