फालेलुङमा तीन दिने आनीपान भाषा शिक्षण शुरु

 लिम्बुवान न्युज
                       

फालेलुङ, २६ फाल्गुन । पाँचथर जिल्ला फालेलुङ गाउपालिकामा तीन दिने आनीपान भाषा शिक्षण सिकाइ सम्पान्न भएको छ ।

फागुन २४ गते बाट सुरुभएको यश तालिममा २० जना भन्दा बढी शिक्षकहरुको सहभागी रहेका थिए । फालेलुङ गाउपालिकाको थोक्लिम्बामा स्थानीय सरकार फालेलुङ गाउपालिकाको आर्थिक वर्ष २०७८/०७९ बाट विनियोजित”आनीपान भाषा शिक्षण” शीर्षकमा रहेको योजनाले किरात याक्थुङ चुङ्लुङ शाखा फालेलुङ गाउपालिकाको आयोजनामा फालेलुङ गाउपालिका भरि लिम्बू भाषा पढाइ हुने विद्यालयहरूको सम्बन्धि शिक्षक हरूलाई ३ दिने”लिम्बू भाषा आनीपान”तालिम भएको थियो।

प्रमुख प्रशिक्षक दिलेन्द्र कुरूम्बाङ ज्युको प्रशिक्षणमा पालिका अध्यक्ष सञ्च कुमार केरूङको प्रमुख अतिथि,विशेष अतिथिमा फालेलुङ गा.पा शिक्षा शाखा प्रमुख करूणा नेपाल, कि.या.चु जि.स मोतीहाङ् केरूङ, जि.प.स कुमार यवा मौसम, शुर्यकला कन्दङ्वा लगायतको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न गरियो ।

यस कार्यक्रमको सभाध्यक्षता कियाचु पालिका अध्यक्ष कुमार केरूङले गर्नु भएको थियो भने पालिका सदस्य सुजन मादेन”मिसेक”ले स्वागत मन्तब्य राख्नु भएको थियो भने उक्त कार्यक्रम कियाचु पालिका सचिव गगन जबेगू “खाम्बेक”ले सञ्चालन गर्नु भएको थियो । उक्त ३ दिने भाषा शिक्षण कार्यक्रममा फालेलुङ गा.पाको विभिन्न विद्यालयहरूबाट लिम्बु भाषा सम्बन्धित शिक्षकहरू २० भन्दा बढि सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...