फालेलुङमा तीन दिने आनीपान भाषा शिक्षण शुरु

 लिम्बुवान न्युज
                       

फालेलुङ, २६ फाल्गुन । पाँचथर जिल्ला फालेलुङ गाउपालिकामा तीन दिने आनीपान भाषा शिक्षण सिकाइ सम्पान्न भएको छ ।

फागुन २४ गते बाट सुरुभएको यश तालिममा २० जना भन्दा बढी शिक्षकहरुको सहभागी रहेका थिए । फालेलुङ गाउपालिकाको थोक्लिम्बामा स्थानीय सरकार फालेलुङ गाउपालिकाको आर्थिक वर्ष २०७८/०७९ बाट विनियोजित”आनीपान भाषा शिक्षण” शीर्षकमा रहेको योजनाले किरात याक्थुङ चुङ्लुङ शाखा फालेलुङ गाउपालिकाको आयोजनामा फालेलुङ गाउपालिका भरि लिम्बू भाषा पढाइ हुने विद्यालयहरूको सम्बन्धि शिक्षक हरूलाई ३ दिने”लिम्बू भाषा आनीपान”तालिम भएको थियो।

प्रमुख प्रशिक्षक दिलेन्द्र कुरूम्बाङ ज्युको प्रशिक्षणमा पालिका अध्यक्ष सञ्च कुमार केरूङको प्रमुख अतिथि,विशेष अतिथिमा फालेलुङ गा.पा शिक्षा शाखा प्रमुख करूणा नेपाल, कि.या.चु जि.स मोतीहाङ् केरूङ, जि.प.स कुमार यवा मौसम, शुर्यकला कन्दङ्वा लगायतको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न गरियो ।

यस कार्यक्रमको सभाध्यक्षता कियाचु पालिका अध्यक्ष कुमार केरूङले गर्नु भएको थियो भने पालिका सदस्य सुजन मादेन”मिसेक”ले स्वागत मन्तब्य राख्नु भएको थियो भने उक्त कार्यक्रम कियाचु पालिका सचिव गगन जबेगू “खाम्बेक”ले सञ्चालन गर्नु भएको थियो । उक्त ३ दिने भाषा शिक्षण कार्यक्रममा फालेलुङ गा.पाको विभिन्न विद्यालयहरूबाट लिम्बु भाषा सम्बन्धित शिक्षकहरू २० भन्दा बढि सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...