धुलाबारीलाई पाखा लगाउँदै एपीएफ पकली फाइनलमा

 लिम्बुवान न्युज
                       

कमल, ३० फागुन ।  झापाकाे कमल ३ स्थित खेल मैदानमा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।


सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा धुलाबारी फुटबल एकाडेमी झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ पकलीले फाइनलको यात्रा तय गरेको हो ।
टाइब्रेकरमा धुलाबारीका लागि विशाल दर्जीले मात्र गोल गर्न सफल भए । सन्तोष परियारको प्रहार एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले बिफल पारिदिए । सन्देश खवास र अविनाश चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो ।


एपीएफ पकलीका सन्तोष कटुवाल, दिवस गिरी र सविन थापाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

दोस्रो सेमिफाइनल अन्तर्गतको खेलमा २१औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २३यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोष्टबारमा ठोकिएर बल रिवाउन्ड भएको थियो ।

३८औं मिनेटमा एपीएफका तपन कार्कीको क्रसलाई एपीएफका शैलेन्द्र राईले सदुपयोग गर्न सकेन । दोस्रो हाफको २२औ. मिनेटमा पोष्ट भित्रको बललाई धुलाबारीका डिफेन्डर विशाल दर्जीले उत्कृष्ट बचाउ गरे । २८औं मिनेटमा एपीएफले पाएको फ्रिकिक रोमन भुजेलले प्रहार गरेको बललाई धुलाबारीका गोलरक्षक विपिन चौधरीले बचाउ गरे ।

निर्धारित समयमा गोल रहित बराबरी रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

सोमबार भएको खेलको प्लेयर अफ दि म्याच धुलाबारीका विशाल दर्जी घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...