शिवसताक्षी १ मा लिम्बुवानको २ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी १ नम्बर वडा समितिले दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । मञ्चका प्रदेश सचिव भविराज तुम्साले वडा समितिका नेताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

लिम्बुवान मञ्चको आगामी स्थानीय चुनावमा सहभागीता बारे र प्रचारप्रसारका साथै लिम्बुवान राज्य प्राप्ति बारे प्रशिक्षण दिईने युवा नेता विवेक सुनुवारले बताएका छन् ।

धरमपुरस्थित फुलबारी सेवा संगम क्लबको सभाहलमा भईरहेको प्रशिक्षण कार्यक्रम भोली बुधबारसम्म चल्नेछ । वडाध्यक्षा ज्ञानुहाङ सेर्माको सभाध्यक्षतामा भईरहेको कार्यक्रममा प्रान्तीय सचिव भिमबहादुर सुनुवार र भक्त मेन्याङबो, संघीय सदस्य किराती बिबेक सुनुवार (लिनोच), प्रान्तीय सचिवालय सदस्य दिलबहादुर सेरेङ एलभी केन्द्रीय उपकमान्डर राजकुमार चेम्जोङ, झापा जिल्ला अध्यक्ष नगेन राईले प्रशिक्षण कार्यक्रम सफलताकाे शुभकामना दिएका थिए ।

यसरी नै कार्यक्रममा जिल्ला सदस्यहरु; गणेश कुमार चेम्जोङ, टेकबहादुर तुम्सा, समीर योङ्हाङ, क्षेत्र नं. ४ (क) देबेन्द्र आङ्देम्बे, क्षेत्र नं. ४ (क) का इन्द्रबहादुर सेर्मा, मनप्रसाद नेम्वाङ, शिवसताक्षी नगरका अध्यक्ष बिचारी लावती, नगर उपाध्यक्ष शिव सेर्मा, पूर्व नगर उपाध्यक्ष देबीबहादुर निङ्लेखु, क्षेत्र नं. ४ (क) का लिम्बुवान भोलेन्ट्रयस सह– इन्चार्ज सुबिन चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडाका उपाध्यक्ष उमनाथ दमाईले राखेका थिए भने कार्यक्रम संचालन वडासचिव मनिता आङ्देम्बेले गरेकी थिइन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...