दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् ।
दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा आज शनिवार दिउँँसो १२ वजेतिर पूरा गरेका हुन् । दमकमा धावक राईलाई भव्य रुपले सम्मान गरिएको दौडको संयोजन गरिआएका दमकको एडभेन्चियर इक्यूपमेन्टका सञ्चालक बिषण राईले बताए ।
धावक राईलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायत दौड सम्बद्ध खेलाडी,संघसंस्थाका प्रतिनिधिहरुले खादा,फूलमाला लगाईदिएर सम्मान दिएका थिए । दौड समापन औपचारिक कार्यक्रममा धावक राईले दौड अवधि भरिका अनुभव सुनाउदै दौडमा सहयोग पुरयाँउने सवैमा आभार समेत व्यक्त गरेका थिए ।
त्यस्तै, नगर प्रमुख ओलीले धावक राईको साहषिक कार्यको प्रंशसा गर्दे यस्ता प्रतिभालाई हामी सवैले प्रोत्साहन दिनु पर्ने जोड दिए ।
धावक राईका अनुसार दैनिक १ सय किलोमिटर यात्रा दौडिएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि खेलकुद ’ भन्ने नाराका साथ शुरु गरेका उनको दौडमा खेलसम्बद्ध खेलाडीहरुले सहयोग पुरयाँएका थिए । दौड यात्रा सिन्धुली ,बर्दिबास हुदै पूर्वपश्चिम राजमार्गहुदै झापाको दमकमा आएर यात्रा समापन गरिएको उनले बताए ।उनीसंगै धनकुटाका डेविट खेवाले पनि काठमाडौ धनकुटा दौडिएर यात्रा पूरा गरेका थिए ।
पाँच बर्षदेखि दौड गरिआएका राईको लामोदुरीको दौड भने यो नै पहिलो भएको र यसअघि विभिन्न पुरस्कार,पदक जितेको धावक राईले बताए । उनले भने , –‘यस दौडले आफूलाई उत्साहित बनाएको छ,यसै क्षेत्रमा लागिरहने थप प्रेरणा प्राप्त गरेको छु ’ समापनमा किरात राई यायोक्खाका दमक अध्यक्ष धनजीत राई लगायतले शुभकामना दिएका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...