दमकमा महेन्द्रा ट्याक्टर शोरुमकाे उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक,६ चैत । महेन्द्रा कम्पन्नीको छैठौ शाखाका रुपमा दमकमा ट्याक्टर शोरुम सञ्चालनमा आएको छ । यससंगै महेन्द्रा कम्पन्नीको ट्याक्टर शोरुम देशभरि ६ पुगेको कम्पन्नीले जनाएको छ ।

जिल्लाको माइपश्चिम क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरि दमकको पश्चिम बसस्टेण्डमा विधिवत शोरुम सञ्चालनमा ल्याईएको कम्पन्नीका १ नम्बर प्रदेशका प्रमुख प्रभासमान शाक्यले बताए । भारतमा उत्पादित महेन्द्राको ट्याक्टर तथा गाडीहरु नेपालका लागि आधिकारिक विक्रेता अग्नी गु्रप कम्पन्नीले विगत ३० बर्षदेखि वजार हेर्देआएको छ ।

शोरुमको अग्नी ग्रुप कम्पन्नीका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले रिविन काटेर उद्घाटन गरेका थिए । शोरुम उद्घाटन पछि आयोजित संक्षिप्त जानकारी कार्यक्रममा बोल्दै अग्नी गु्रपका बजार निर्देशक बरदान बस्नेतले कृषि प्रयोजनका रुपमा विस्तारै ट्याक्टर आवश्यकता बन्दै गएकाले विक्रीसंगै सेवा दिन पनि कम्पन्नी प्रतिवद्ध भएको जानकारी दिए ।

कम्पन्नीले दमकपछि पूर्वी पहाडी भेगका उपभोक्ताका लागि धनकुटाको हिलेमा थप शोरुम सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले बताए । दमकमा ट्याक्टर शोरुमको प्रवन्धकका रुपमा कुशल शाहलाई जिम्मेवारी दिईएको छ ।

शोरुम उद्घाटनमा कम्पन्नीका अधिकारी, स्थानीय व्यवसायी तथा ट्याक्टरका सेवाग्रहीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...