किरात सेवा समाजको छैटौं वार्षिक उत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       


मेयङलुङ, सालि। तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा किरात सेवा समाजको छैटौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ । जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित वार्षिक उत्सवमा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले संमान गरेको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य ललित बहादुर सोदेम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष टठ बहादुर पंधाक, मेयङलुङ नपा वडा नं. १० का वडाध्याक्ष होम खापुङ, राजनीतिज्ञ राम बहादुर तुम्बाहाङफे, जेष्ठनागरिक देवि बस्नेत, एकल महिला सुमित्रा लिम्बू, शिक्षिका रामकुमारी लिम्बू, मेन्छ्यायेम गापा वडा नं. ६ का वडाध्याक्ष शिवनाथ खापुङ्लाई दोसल्ला तथा ताम्रापत्र मार्फत सम्मानित गरिएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित भएको भव्य कार्यक्रममा शिक्षिका रामकुमारी लिम्बू, किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, वडा अध्यक्ष द्वय होम खापुङ र शिवनाथ खापुङ, अग्रज राजनीतिज्ञ राम बहादुर तुम्बाहाङ्फे र प्रमु अतिथी ललित बहादुर सोदेम्बाले कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात सेवा समाज तेह्रथुमका अध्यक्ष टठ बहादुर पंधाकको अध्यक्षता तथा सचिब कमला पंधाकको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...