किरात सेवा समाजको छैटौं वार्षिक उत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       


मेयङलुङ, सालि। तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा किरात सेवा समाजको छैटौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ । जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित वार्षिक उत्सवमा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले संमान गरेको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य ललित बहादुर सोदेम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष टठ बहादुर पंधाक, मेयङलुङ नपा वडा नं. १० का वडाध्याक्ष होम खापुङ, राजनीतिज्ञ राम बहादुर तुम्बाहाङफे, जेष्ठनागरिक देवि बस्नेत, एकल महिला सुमित्रा लिम्बू, शिक्षिका रामकुमारी लिम्बू, मेन्छ्यायेम गापा वडा नं. ६ का वडाध्याक्ष शिवनाथ खापुङ्लाई दोसल्ला तथा ताम्रापत्र मार्फत सम्मानित गरिएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित भएको भव्य कार्यक्रममा शिक्षिका रामकुमारी लिम्बू, किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, वडा अध्यक्ष द्वय होम खापुङ र शिवनाथ खापुङ, अग्रज राजनीतिज्ञ राम बहादुर तुम्बाहाङ्फे र प्रमु अतिथी ललित बहादुर सोदेम्बाले कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात सेवा समाज तेह्रथुमका अध्यक्ष टठ बहादुर पंधाकको अध्यक्षता तथा सचिब कमला पंधाकको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...