जनमुक्ति एउटा – विश्व बिद्यालय !
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
दमक २४ चैत / किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण तथा किरात युमा माङहिम उद्घाटन समारोहमा हिजो सम्पन्न भएको छ ।
बुधबार पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको ऐतिहासिक चौथौ केन्द्रीय महाधिवेशन,दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको अवसरमा सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण गर्नु हुँदै आशिर्वचन कार्यक्रममा संसारको जुनसुकै ठाउँमा छरिएर बसेको भएपनि एकता हुनुपर्ने, सत्तमार्गमा लागेर थिबोङहाङ याक्थुङहाङसाहरु एकता हुनुपर्ने समय आएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । वहाँले भन्नु भयो, एकता हुन नसक्दा हाम्रो सबै पहिचान गुमाएका छौं ।’

अङसीमाङले माङप्रति विश्वास गरेर सेवाभक्ति गर्न सबैलाई आग्रह गर्नुहुँदै वहाँले भन्नु भयो, हाम्रो पाप कर्महरु भएपनि माङले माफ दिओस् ।’ अङसीमाङले थप्नु भयो, धर्म र राजनीति कर्ममा चो?लुङमा पुग्ने माङवा हाङवा प्राप्त होस् ।’
पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दले स्थापना गरिदिनु भएको किरात माङहिममा समेत मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देनहरुले दर्शन र अवलोकन गर्नु भएको थियो ।
हवाई मार्गबाट भएको सवारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन, गुरु कान्छा सुपुत्र नाम्बिनहाङ लिङदेन रहनु भएको थियो भने सो माङसवार टोलीमा कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी सचिव टंक लिङदेन, पूर्व गुरु निजी सचिव तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष नबिन लिङ्देन माङमिङसोहाङ, किरात धर्मको मिडिया किरात इङ्सेका सम्पादक ज्ञानु केदेम लगायत रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम, विशेष अतिथिहरु पूर्व मन्त्री माननीय नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ, नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङदेम्बे, नेकपा माओवादीका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता सगुनसुन्दर लाओती, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माक्खिम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च केन्द्रीय अध्यक्ष कुमार लिङदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको ऐतिहासिक चौंथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको अवसरमा सेर्मा वंशावली विमोचनसँगै विभिन्न धार्मिक, शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा योगदान दिने सेर्मा दाजुभाईहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजक समितिका महासचिव लछामी सेर्मा पापोले बताए ।
बुधबार सम्पन्न किरात याक्थुङ पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा किरात माङहिम उद्घाटन कार्यक्रम सङजुम्भो केन्द्रीय अध्यक्ष जिबी याक्थुङबा सेर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चालन सेर्मा साम्जिरी सेमी ( दिलवीर)ले गरेका थिए ।
पापोहाङ् सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशनको बन्द सत्र चैत २४ र २५ गतेसम्म हुने पनि आयोजकले वताउनु भएको छ ।
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...
दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...
ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...