भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा हुँदै

 लिम्बुवान न्युज
                       

झापा, २५ चैत । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ झापाकाे आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ ।

संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार चैत ३० गते हुने चौथो साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच, संघले बिर्तामोडका १० वटै वडाका अध्यक्षहरुलाई शपथ ग्रहण गराएको छ । संघका सचिव विष्णुप्रसाद योङहाङका अनुसार वडा नम्बर १ र २ का अध्यक्ष कमलबहादुर तामाङ, ३ का अध्यक्ष कुमार गुरुङ, ४ का अध्यक्ष प्रेमबहादुर राई, ५ का अध्यक्ष धनबहादुर लिम्बू, ६, ७ र ८ का अध्यक्ष प्रकाश पुरी तथा ९ र १० का अध्यक्ष कर्णबहादुर गुरुङलाई शपथ खुवाइएको हो ।

विभिन्न सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आएको संघले चुनावपछि पनि त्यस्तै कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष गुरुङले बताए ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...