विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेशः लोकबहादुरले त्यागे एमाले

 लिम्बुवान न्युज
                       

मेयङलुङ, तेह्रथुम । विभिन्न पार्टी परित्याग गर्दै तेह्रथुम मेयङलुङ ८ स्थित आङ्बुङ सन्सारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका पुराना नेता तेह्रथुम सल्लाहकार तथा नगर सचिवालय सदस्य लोक बहादुर सम्बाहाङ्फेको नेतृत्वमा १ दर्जन बढी एमालेबाट मञ्चमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा देउबहादुर सम्बाहाङ्फे, खड्क ब सम्बाहाङ्फे, सन्तोस सम्बाहाङ्फे, टीका सम्बाहाङ्फे, बल ब सम्बाहाङ्फे, खड्क खापुङ, गिन्द्र सम्बाहाङ्फे, अजय सम्बाहाङ्फे, दुक्चमान सम्बाहाङ्फे, सुजता लिम्बू, सुनिता लिम्बू, सरोज सुब्बा, लाल ब खापुङ, नर ब सम्बाहाङ्फे, देवराज मगर र नर बहादुर सम्बाहाङ्फे रहनुभएको छ । यसैगरी सोही प्रवेश कार्यक्रमबाट नेपाली कांग्रेसबाट पनि पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई पार्टीका प्रान्तीय उपाध्यक्ष कृष्ण बहादुर तुम्बाहाङ्फेले अविर जात्रा गरि स्वागत तथा सम्मान गर्नुभएको छ । प्रवेश कार्यक्रममा बोल्दै नग प्रवेशिहरुको तर्फबाट लोक ब सम्बाहाङ्फेले नेकपा एमाले परिवारवादमा फसेको कारण आफुले पार्टी छोड्नुपरेको बताउनुभयो । उनले आफ्नो लिम्बुवान पार्टी चिन्न ढिलाइ गरेकोमा पश्चात गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फेले नव प्रवेशीहरुलाई खदा ओडाई शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा मञ्चका संघीय सहसचिव सेसेहाङ हुक्पाचोङबाङ, अन्य जिल्लाका नेताहरु सन्तोष सम्बाहाङ्फे, चहकमान आङ्बुङ, भिम थेगुवा लगायतले बधाई तथा शुभकामना मन्तव्यद्वारा शुभकामना दिएका थिए ।

कार्यक्रम नगर अध्यक्ष देविनारायण सम्बाहाङ्फेको अध्यक्षता तथा नगर उपाध्यक्ष डम्बर खापुङको स्वागत मन्तव्य र सचिव राजकुमार खापुङ्को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा नवप्रवेसी लोक बहादुर सम्बाहाङ्फेलाई वडा अध्यक्षको उम्मेदवार समेत उक्त कार्यक्रमले घोषणा गरेको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...