झापा गाउँपालिकामा सबै पार्टीका उम्मेद्वार एकैथलोमा

 लिम्बुवान न्युज
                       


बिर्तामोड, १६ बैशाख ।
जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले शुक्रवार एकैथलोमा उपस्थित भएर आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गरेका छन् ।

कुमरखोदस्थित रेडक्रस भवनमा संवाद समूहको संयोजनमा भएको छलफलमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेका उनीहरुले आफ्नो उम्मेदवारीसँगै विजयी हासिल गरे काम गर्ने सूचीसहितको प्रतिबद्धता जनाएका छन् । अधिकांश उम्मेदवारले स्रोत साधनको दृष्टि तथा भौगोलिक रुपमा पनि पछाडि परेको झापा गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरे । उनीहरुले स्वास्थ्य, शिक्षा, कृषि, आवास, सडक लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार गौरीशंकर राजवंशीले कृषकलाई समयमै मल र वीऊ उपलब्ध गराउने, सुशासन कायम गर्ने, शिक्षा र स्वास्थ्यमा टेवा पु¥याउने, पालिकाका बासिन्दाको स्वास्थ्य बीमा गर्ने लगायतका योजना बताए ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार जयनारायण साहले वितेको ५ बर्षमा आफूले सुरु गरेका योजनालाई पूरा गर्ने, निःशुल्क शिक्षा, एक सय युनिटसम्म विद्युत् निःशुल्क, नदी तटबन्ध, सडक कालोपत्रे, सिञ्चाईको लागि प्रयोग भएको विद्युत्को महशुलमा अनुदान, गुणस्तरीय स्वास्थ्य लगायतका योजनाका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरे ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार रुद्र बजगाँईले पालिकाको आन्तरिक स्रोतसँगै बजेटको बृद्धि, रानी वनलाई पर्यटकीय क्षेत्र, शिक्षा, स्वास्थ्य कृषि, दिगो विकास निर्माण लगायतका योजना बताए ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार मोतीलाल कामतीले भ्रष्टाचार निर्मूल गर्ने, स्रोतको खोजी गरी पालिकालाई समृद्ध बनाउने लगायतका योजना सार्वजनिक गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर कार्की, जनमत पार्टीबाट अध्यक्ष पदका उम्मेदवार लोथ्रो हेमरम र स्वतन्त्र रुपमा अध्यक्ष उम्मेदवार लक्ष्मीप्रसाद गणेशले पनि कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार नेकपा एमालेकी देवीमाया अधिकारी, नेकपा माओवादी केन्द्रकी मुनावती गणेश र नेकपा एकीकृत समाजवादी पार्टीका ईश्वरप्रसाद दाहालले सुशासन र व्यवस्था बलियो बनाउन उम्मेदवार बनेको बताए ।
छलफमा सहभागी उम्मेदवारहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न झापाको झापा गाउँपालिकाका उम्मेदवारहरुले सात बुंदे प्रतिवद्धता जनाएका छन् ।

उम्मेदवारहरुले निर्वाचन आचार(संहिता पूर्ण पालना गर्ने, कुनै पनिचुनावीएवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादितबनाउदै निर्वाचनलाई द्वन्द्वरहितबनाउने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...