झापा गाउँपालिकामा सबै पार्टीका उम्मेद्वार एकैथलोमा

 लिम्बुवान न्युज
                       


बिर्तामोड, १६ बैशाख ।
जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले शुक्रवार एकैथलोमा उपस्थित भएर आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गरेका छन् ।

कुमरखोदस्थित रेडक्रस भवनमा संवाद समूहको संयोजनमा भएको छलफलमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेका उनीहरुले आफ्नो उम्मेदवारीसँगै विजयी हासिल गरे काम गर्ने सूचीसहितको प्रतिबद्धता जनाएका छन् । अधिकांश उम्मेदवारले स्रोत साधनको दृष्टि तथा भौगोलिक रुपमा पनि पछाडि परेको झापा गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरे । उनीहरुले स्वास्थ्य, शिक्षा, कृषि, आवास, सडक लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार गौरीशंकर राजवंशीले कृषकलाई समयमै मल र वीऊ उपलब्ध गराउने, सुशासन कायम गर्ने, शिक्षा र स्वास्थ्यमा टेवा पु¥याउने, पालिकाका बासिन्दाको स्वास्थ्य बीमा गर्ने लगायतका योजना बताए ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार जयनारायण साहले वितेको ५ बर्षमा आफूले सुरु गरेका योजनालाई पूरा गर्ने, निःशुल्क शिक्षा, एक सय युनिटसम्म विद्युत् निःशुल्क, नदी तटबन्ध, सडक कालोपत्रे, सिञ्चाईको लागि प्रयोग भएको विद्युत्को महशुलमा अनुदान, गुणस्तरीय स्वास्थ्य लगायतका योजनाका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरे ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार रुद्र बजगाँईले पालिकाको आन्तरिक स्रोतसँगै बजेटको बृद्धि, रानी वनलाई पर्यटकीय क्षेत्र, शिक्षा, स्वास्थ्य कृषि, दिगो विकास निर्माण लगायतका योजना बताए ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार मोतीलाल कामतीले भ्रष्टाचार निर्मूल गर्ने, स्रोतको खोजी गरी पालिकालाई समृद्ध बनाउने लगायतका योजना सार्वजनिक गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर कार्की, जनमत पार्टीबाट अध्यक्ष पदका उम्मेदवार लोथ्रो हेमरम र स्वतन्त्र रुपमा अध्यक्ष उम्मेदवार लक्ष्मीप्रसाद गणेशले पनि कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार नेकपा एमालेकी देवीमाया अधिकारी, नेकपा माओवादी केन्द्रकी मुनावती गणेश र नेकपा एकीकृत समाजवादी पार्टीका ईश्वरप्रसाद दाहालले सुशासन र व्यवस्था बलियो बनाउन उम्मेदवार बनेको बताए ।
छलफमा सहभागी उम्मेदवारहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न झापाको झापा गाउँपालिकाका उम्मेदवारहरुले सात बुंदे प्रतिवद्धता जनाएका छन् ।

उम्मेदवारहरुले निर्वाचन आचार(संहिता पूर्ण पालना गर्ने, कुनै पनिचुनावीएवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादितबनाउदै निर्वाचनलाई द्वन्द्वरहितबनाउने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...