चुम्लुङ र लेखकसँगद्वारा दमकका उम्मेदवारहरुलाई सम्मान

 लिम्बुवान न्युज
                       

दमक, २७ वैशाख । यहि वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै याक्थुङ लेखक संघ र किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नगरबाट विभिन्न राजनैतिक दलबाट उम्मेद्वारी दिएकाहरुलाई सम्मान गरेको छ । सोमबार दमक ५ स्थित एस. जि. होटेलमा आयोजित “समाजमा याक्थुङ लिम्बुहरुको राजनीतिक भुमिकाबारे कार्यक्रम” मा सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा दमक नगरबाट स्थानीय तहको चुनावमा उमेदवारी दिनु हुने बाह्र जना लिम्बु उम्मेदवारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च दमकका मेयरका उम्मेदवार याम लोरीङदेन, दमक वडा नं–१ का वडा अध्यक्षमा मोहन थेबे, सदस्यमा उदिनमान तुम्म्रुक, नन्दलाल बेघा, त्यसैगरी वडा नं ८ बाट वडाध्यक्ष बेनु लिम्बु, वडा सदस्य चन्द्र बहादुर कन्दङवा, कुल बहादुर लिङदेन, दमक ८ बाट वडाध्यक्ष पदम बेघा, वडा ५ सदस्य सुक बहादुर सदेम्बा, जनता समाजवादी पार्टीबाट वडा नं २ का सदस्य पदका उम्मेदवार आकाश लाओती र राष्ट्रिय जनमुक्ती पार्टीबाट वडा नं. ८ का सदस्य दिलु तुम्मोकलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा झिल्ला अध्यक्ष सेसेहाङ फियाकले अब याक्थुङ विकास प्रेमी याक्थुङ वा गैर थाक्थुङहरुलाई आगामी चुनावमा सहयोग गर्ने,तर याक्थुङ विरोधीहरुलाई भोट नदिने कुरो बताए ।

अब याक्थुङहरु चिराचिरा भएर होइन एक भएर चुनावी मैदानमा उत्रनु पर्छ भन्दै कार्यक्रमका शभानायक तथा किरात याक्थुङ चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङले बताए ।

यसैगरी याक्थुङ लेखक संघको केन्द्रिय सदस्य विक्रम वनेम फागोले याक्थुङ लिम्बुहरु याक्थुङ पहिचान विरोधी पार्टीहरुको झोले भएर याक्थुङहरुको सर्वाङ्गीण विकास नहुने कुरा स्वागत मन्तव्यमा राखेका थिए ।

दमकको मेयर हुने बितिकै प्रस्तावित फाल्गुनन्द सभा गृह बनाउने । त्यस सभा गृहलाई दमक सभा गृह बनाउन नदिने र सिंगो दमकको विकासमा जुठने प्रतिवद्ता संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान प्रान्तीय मञ्चबाट दमक नगरपालिका मेयरमा उमेदवारी दिएका याम लोरीङदेन राखे ।

अब दमकलाई आर्थिक, समाजिक, शैक्षिक अनि सास्कृतिक रुपले उठाउन सहि नेतृत्व छान्न जन्ताहरुलाई वडा १ का वडा अध्यक्ष उमेदवार मोहन थेबेले आग्रह गरे । यसैगरी वडा नं. ८ का सदस्य चन्द्रबहादुर कन्दङ्वाले आगामी निर्वाचनमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई बहुमतले विजय गराइ दिनु होस, हामी याक्थुङ समुदायको मात्र होइन सिंगो दमकवासीको भाग्य र भविष्य बदल्ने छौ भन्ने प्रतिवद्ता जनाएका छन् ।

यसैगरी याक्थुङ पहिचान र याक्थुङ हक हितका कुरा लिएर निरन्तर लडि रहने जनता समाजवादि पार्टीका वडा २ का वडा सदस्य आकाश लाओतिले बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिका उपध्यक्ष ओम माया आङदेम्बे, राष्ट्रिय एकता पार्टी नेपालका कोषाध्यक्ष मन कुमारी पंधाक, मिना योङहाङ, ललिता गोले, दिनेश लाओती, गुमानसिंह सम्बाहाम्फे र तिल बहादुर सेर्माको समेत उपस्थिति रहेको थियो । कार्यक्रम सांङसेन पन्धाकले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...