टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो वडाध्यक्ष

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ जेष्ठ । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकाकाे एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ।

वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त पार्टीबाट बलवीर थारू पहिलो वडाध्यक्ष बनेका छन्।

वडाध्यक्षमा थारूले ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याएर विजयी भएका छन्।

टीकापुरको मेयर र उपमेयरमा पनि उक्त पार्टीका उम्मेदवार प्रतिष्पर्धी उम्मेदवारभन्दा अगाडि छन्। कैलालीका १३ वटै स्थानीय तहमा उक्त पार्टीबाट उम्मेदवारी परेकाे हाे। नागरिक उन्मुक्ति पार्टी गत पुस २० गते मात्रै दर्ता भएको थियो।  चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा उक्त नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हाे।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...