टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो वडाध्यक्ष

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ जेष्ठ । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकाकाे एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ।

वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त पार्टीबाट बलवीर थारू पहिलो वडाध्यक्ष बनेका छन्।

वडाध्यक्षमा थारूले ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याएर विजयी भएका छन्।

टीकापुरको मेयर र उपमेयरमा पनि उक्त पार्टीका उम्मेदवार प्रतिष्पर्धी उम्मेदवारभन्दा अगाडि छन्। कैलालीका १३ वटै स्थानीय तहमा उक्त पार्टीबाट उम्मेदवारी परेकाे हाे। नागरिक उन्मुक्ति पार्टी गत पुस २० गते मात्रै दर्ता भएको थियो।  चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा उक्त नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हाे।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;