स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ बने धरानकाे प्रमुख, उप–प्रमुखमा माओवादीका बेघा

 लिम्बुवान न्युज
                       

धरान, ८ जेठ । धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । त्यसैगरी उप–प्रमुखमा भने नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले बाजी मरेका छन् ।

साम्पाङ आफ्ना निकटम प्रीतद्वन्द्वीलाई ४७६२ मतान्तरले पछि पार्दै साम्पाङ विजयी भएका हुन् । उनले २०८२१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९ मत मात्र पाएका छन् ।

उप–प्रमुखमा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार बेघा २०५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्बो लिम्बूले १७६०६ मत पाए । लिम्बूलाई बेघाले २९०४ मतान्तरले पराजित गरेका हुन् ।

धरानमा जम्मा ६२८९८ मत खसेको थियो । प्रमुख दलहरूले नपत्याएका साम्पाङले लाैरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार भइ धराने जनताकाे अभित लिएर चुनाव जितेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...