दमकको प्रशासकिय अधिकृतमा शशि राई

 लिम्बुवान न्युज
                       


दमक, २३ जेठ । दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृतका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राई आएका हुन ।

दमकमा खोटाङका स्थायीबासिन्दा राई यस अघि करिब डेढ बर्षसम्म मोरङको मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा काम गरेका प्रशासक हुन । राई १८ जेठदेखि दमक आएका हुन । उनी आए लगत्तैदेखि दमक नगरपालिकाको प्रशासनिक सेवा चुस्त दुरुस्त र पारदर्शी बनाउनमा केन्द्रीत छन । नगरपालिकाको नीति कार्यक्रम बनाउने, दमकलाई कस्तो बनाउने भन्ने यहाँका जनप्रतिनिधिहरुको भुमिकामा भर पर्ने बिषय हो ।

पालिकाले गरेका निर्णय, सरकारले अवलम्बन गरेका नीति कार्यक्रमहरुको कार्यान्वयन पारदर्शी र जवाफदेही ढंगबाट सम्पादन गर्ने हाम्रो जिम्मेवारी हो – अधिकृत राईले पत्रकारहरुसंगको अनौपचारिक संक्षिप्त कुराकानीमा भनेका छन । उनी २०६६ सालमा निजामती सेवामा प्रवेश गरेका युवा व्यक्तित्व हुन ।

दमक नगरपालिका कार्यालयमा यस अघिका प्रशासक तथा कतिपय कर्मचारीहरु विेशेष गरी योजनाहरुको कार्यान्वयनमा पारदर्शी हुन नसकेका, खरिद प्रकृयामा कमिसनको गन्ध आएको चर्चा हुने गरेको छ । नगरपालिका कार्यालयमा नयाँ तथा युवा पुस्ताका प्रशासकले जिम्मेवारी सम्हालेसंगै सुधारको अपेक्षा नगरबासीहरुले लिएका छन ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...