स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

 लिम्बुवान न्युज
                       


धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ ।
उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल बहादुर चेम्जोङ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।
गठित तदर्थ समिति समितिको उपाध्यक्ष महेन्द्र कुमार चेम्जोङ, सचिवमा सेसेहाङ फियाक, सहसचिवमा सइन्द्र चेम्जोङ, कोषाध्यक्षमा रविन्द्र चेम्जोङ र सदस्यमा मनकुमारी सुब्बा, स्वस्तिका चेम्जोङ, दिलु नेम्बाङ, नर्मला चेम्जोङ, शुसिला चेम्जोङ र सरस्वती चेम्जोङ रहेका छन् ।
भेलाले प्रतिष्ठानको तर्दथ समिति गठन गर्नुका साथै दर्ता प्रकृया सम्पन्न गरि प्रतिष्ठानलाई औपचारिक रुपमा सार्वजनिक गरिने प्रतिष्ठानका सहसचिव समेत रहेका स्व.चेम्जोङका साइँला छोरा सइन्द्र चेम्जोङले बताए ।
पान्थर जिल्लाको तत्कालिन चिलिङ्देन गाउँ पञ्चायतका पूर्व उप–प्रधानपञ्च स्व चेम्जोङको गत जेठ १ गते धरानमा उपचारका क्रममा निधन भएको हो । समाजसेवी स्व. चेम्जोङको एक श्रीमती, ५ छोरा र ४ छोरी छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...