सहारा उपचार कोषलाई खनाल परिवारबाट १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान

 लिम्बुवान न्युज
                       


बिर्तामोड, ४ असार । झापा बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गरे ।
खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । पूर्वमै पहिलो पटक गोमेन्द्रमा पत्रकारिता विषयको अध्ययन अध्यापन समेत सुरु भएको थियो । खनालका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।
सहयोग हस्तान्तरण समारोहमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, कार्यसमिति सदस्य स्वस्तिका आचार्य , पत्रकार सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो । त्यस्तै गणेशप्रसाद–बुध खनालका छोरा बुहारी रुपक–सरु खनाल, उत्तम–गीता खनाल लगायत खनाल परिवारको सहभागिता थियो ।
खनालले परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेकोे बताए । पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार महासंघ झापाले उपचार कोषको स्थापना गरेर धेरै राम्रो काम गरेको भनी उनले प्रशंसा समत गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...