उर्लाबारीको महासंघ नगर समन्वय परिषद् अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत चयन भएका छन् ।

समितिका उपाध्यक्षहरुमा क्रमशः सूर्य माझी, नारायण धिमाल र सुकुनमुनी बेस्रा, सचिव नारायण चाम्लिङ राई, सहसचिवहरुमा क्रमशः महेशकुमार शाक्य, अञ्जु लिम्बू र सुशिला मगर, कोषाध्यक्षमा रीता तामाङ सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै समितिका सदस्यहरुमा क्रमशः गणेशकुमार मगर, तारा श्रेष्ठ, डुक्चे भोटे, बबिता दनुवार, कमल गुरुङ, मनिराज देवान, शिरमाया धिमाल, कविता याक्दा, भीमबहादुर माझी, विरेन्द्र मार्डी, सीता भूजेल र गजेन्द्र तामाङ रहेका छन् ।

लेखा समिति संयोजकमा खगेन्द्रबहादुर भूजेल, सदस्यहरु क्रमशः मनकुमारी राई र नरबहादुर गुरुङ चयन भएका निर्वाचन समिति संयोजक रुद्रबहादुर तामाङले जानकारी दिए । निर्वाचन समितिमा सावित्रा याक्खा र रामकुमार राई सदस्य रहेका थिए ।

शनिबार नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गर्न आयोजित एक समारोहका बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले नेपालका विविध जाति, भाषा, संस्कृति र पहिचानको समष्टी रूप नै नेपाल भएको बताए ।

सबैको पहिचान स्वकिार नगरिएसम्म देशको एकता बलियो नहुने भन्दै उनले एकले अर्कोको पहिचान स्वीकार्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बीच उर्लाबारी नगरका जेष्ठ आदिवासी जनजाति वृद्धवृद्धालाई नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समारोहलाई उर्लाबारी नगरपालिकाकी उपमेयर मिनाकुमारी खतिवडा, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष लहरु जिमी याक्खा, महासंघ प्रदेश नम्बर १ का अध्यक्ष ध्रुव मेन्याङ्बो, धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमाललगायतले सम्बोधन गरेका थिए ।

मणिलाल श्रेष्ठको अध्यक्षतामा उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...