संघीय मञ्च निर्वाचनमा होमियोः प्रदेश १ निर्वाचन परिचालन संयोजकमा महासचिव चेम्जोङ

 लिम्बुवान न्युज
                       

दमक, ६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेभएको छ । मञ्चले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै चुनावमा जाने निर्णय गरेको हो ।

मञ्चले गत शुक्रबार र शनिबार धरानमा प्रदेश नं. १ का सबै नेतृत्व, प्रदेश नं. १ समन्वय समिति, लिम्बुवान, खम्बुवान÷किरात, शेर्पालुङ र दलित मुक्ति मञ्चको संयुक्त बैठक बसेर विभिन्न समितिहरु समेत गठन गरेको छ । प्रदेश १ को कमाण्ड गर्नेगरी निर्वाचन परिचालन समितिको संयोजकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङलाई जिम्मेवारी दिइएको छ ।

बैठकले निर्णय गरेको उम्मेद्वार छनौट, गठबन्धन समन्वय, अनुशासन तथा अनुगमन र दलहरुसँग वार्ता गर्ने समितिको संयोजकमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, एबी पन्धाक, महासचिव अशोक चेम्जोङ, उपमहासचिव यलम्बर खम्बु, सहसचिव रमेश गजमेर र लिम्बुवानका उपाध्यक्ष विष्णुमाया थापालाई दिईएको छ ।

यसरी नै मञ्चले प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक चेम्जोङ, सदस्यहरुमा थाङसाङ लावती, इन्दीरा मेन्याङ्बो, भविराज तुम्सा, विक्रम बराईली, लावाहाङ चेम्जोङ्, निमा शेर्पा, चन्द्रसिं नेम्बाङ्, पदम तामाङ्, लक्ष्मी मावो, गजेन्द्रमान चोङबाङ क्याक र रामचन्द्र थापा मगरलाई जिम्मेवारी दिएको छ । आर्थिक समितिमा भने एबी पन्धाक, भानु भट्टराई र दिलु लिङदेनलाई राखिएको छ ।

यस्तै प्रचारप्रसार उपसमितिको संयोजकमा लिम्बुवान महासचिव दिलकुमार लावतीलाई जिम्मेवारी तोकिएको छ भने सदस्यहरुमा सागर केरुङ्, सेसेहाङ् चोङबाङ्, साजन ताम्ली, पदम चेन्जी मावा, राजु राई, सुनिता केरुङ्, बलराम सदा, कल्पना कालिकोटेलाई जिम्मेवारी तोकिएको छ ।

मञ्चले प्रदेश नं. १ विरासत जोगाउन १४ वटा जिल्लाको २८ प्रतिनिधिसभा र ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने जनाएको छ । प्रदेश १ मा थ्रेस होल्ड कटाउने गरीको तयारी, गठबन्धन, मोर्चा, तालमेल लगायत विविध विषयमा घनीभूत छलफल भएको बैठकले जिल्लाजिल्लामा परिचालन समितिहरु, क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समेत समितिहरु गठन गरी चुनावमा सहभागी हुने जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...