ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति गठनः इन्दीरा मेन्याङबो बनिन् संयोजक

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ, भदौ १६ ।  ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन भएकाे छ ।  प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम प्रमुख अातिथ्यतामा बिहीबार इन्दीरा नेम्बाङकाे संयाेजकत्वमा ११ सदस्यीय समिति गठन भएकाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्नु हुँदै मन्त्री हाङगामले घरेलु रक्सी (मदिरा) को प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्रीहाङगामले बताउनुभयो ।

समितिले ताप्लेजुङको फुङलिङ्स्थित जरा होटलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री हाङगामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनेगरी आफूले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा समितिका संयोजक टेकबहादुर खजुमले परम्परागत मदिरालाई प्रदेश १ कै ब्राण्ड बनाउनेगरी अभियानको सुरुवात गरेको बताउनुभयो । खजुमले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर छलफल, अन्तर्क्रिरयाजस्ता गतिविधि गरिरहेको र स्थानीयले दिएको सुझावलाईसमेत समेटेर आफूहरु घरेलु कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने कार्यका लागि थप योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति बुद्धिजीवी फाँटका संयोजक देशु वनेमले घरेलु रक्सीसम्बन्धी प्रारम्भिक अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणपत्र प्रस्तुत गर्नुहुँदै वनेमले घरेलु मदिराको उत्पादन तथा प्रवर्द्धनका लागि सरकारी नीति नहुँदा कच्चा पदार्थको रुपमा प्रयोग हुने कोदो लगायतका अन्न तथा मदिरा उत्पादकले आम्दानी गुमाइरहनुपरेको बताउनुभयो ।

यसैक्रममा फुङलिङ् नपाकी मेन्याङबोको संयोजकत्वमा गठित उक्त समितिको सदस्य सचिवमा सिरिजंगाका पदम चेन्जी मावो रहेका छन भने सदस्यहरुमा फक्ताङ गाउँपालिकाका किस्मत लिङ्खिम, फक्ताङलुङकै मुक्साम लाबुङ, सिदिङबाका केदार ताम्लिङ, सिदिङबाका भिम माङमु, मिक्वाखोलाका समिप लिवाङ, मैयाखोलाका उमेश वनेम, आठराइत्रिवेणीका विपिका थलङ र मेरिङ्देनका निमा सेर्पा रहेका छन् ।

ताप्लेजुङसहित प्रदेश १ को आठवटा जिल्लामा जिल्लास्तरीय समिति निर्माण भइसकेको पनि समितिकी सदस्य सरस्वता सिंघक (सरु) ले जानकारी दिएकी छिन् ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;