ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति गठनः इन्दीरा मेन्याङबो बनिन् संयोजक

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ, भदौ १६ ।  ताप्लेजुङमा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन भएकाे छ ।  प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम प्रमुख अातिथ्यतामा बिहीबार इन्दीरा नेम्बाङकाे संयाेजकत्वमा ११ सदस्यीय समिति गठन भएकाे ।

कार्यक्रमलाइ सम्बाेधन गर्नु हुँदै मन्त्री हाङगामले घरेलु रक्सी (मदिरा) को प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्रीहाङगामले बताउनुभयो ।

समितिले ताप्लेजुङको फुङलिङ्स्थित जरा होटलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री हाङगामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनेगरी आफूले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा समितिका संयोजक टेकबहादुर खजुमले परम्परागत मदिरालाई प्रदेश १ कै ब्राण्ड बनाउनेगरी अभियानको सुरुवात गरेको बताउनुभयो । खजुमले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर छलफल, अन्तर्क्रिरयाजस्ता गतिविधि गरिरहेको र स्थानीयले दिएको सुझावलाईसमेत समेटेर आफूहरु घरेलु कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने कार्यका लागि थप योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति बुद्धिजीवी फाँटका संयोजक देशु वनेमले घरेलु रक्सीसम्बन्धी प्रारम्भिक अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणपत्र प्रस्तुत गर्नुहुँदै वनेमले घरेलु मदिराको उत्पादन तथा प्रवर्द्धनका लागि सरकारी नीति नहुँदा कच्चा पदार्थको रुपमा प्रयोग हुने कोदो लगायतका अन्न तथा मदिरा उत्पादकले आम्दानी गुमाइरहनुपरेको बताउनुभयो ।

यसैक्रममा फुङलिङ् नपाकी मेन्याङबोको संयोजकत्वमा गठित उक्त समितिको सदस्य सचिवमा सिरिजंगाका पदम चेन्जी मावो रहेका छन भने सदस्यहरुमा फक्ताङ गाउँपालिकाका किस्मत लिङ्खिम, फक्ताङलुङकै मुक्साम लाबुङ, सिदिङबाका केदार ताम्लिङ, सिदिङबाका भिम माङमु, मिक्वाखोलाका समिप लिवाङ, मैयाखोलाका उमेश वनेम, आठराइत्रिवेणीका विपिका थलङ र मेरिङ्देनका निमा सेर्पा रहेका छन् ।

ताप्लेजुङसहित प्रदेश १ को आठवटा जिल्लामा जिल्लास्तरीय समिति निर्माण भइसकेको पनि समितिकी सदस्य सरस्वता सिंघक (सरु) ले जानकारी दिएकी छिन् ।

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...