यायाेक्खा झापा अध्यक्षमा गणेश राइ सर्वसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन गणेश राईको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार राति सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षद्वयमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन गरेको हो ।

त्यस्तै सहसचिवत्रयमा क्रमशः चिजा राई, सन्देश राई र अर्जुन राई छन् भने कोषाध्यक्ष किसन राई र सहकोषाध्यक्ष आनन्द राई निर्वाचित भएका हुन् ।

सदस्यहरु क्रमशः तारा राई, अविरल राई, शिवराज राई, हिरण राई, हर्कराज राई, दिलकुमार राई, रामकुमारी राई, जतन राई, मानबहादुर राई, ज्ञानदीप राई, सुदीप राई, धनस्वरी राई, प्रकाश राई, सुनिल राई, गौरीमान राई र केडी राई चयन भए ।

अधिवेशनको उद्घाटनसत्रमा यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राई, प्राद्यापक डाक्टर पृथ्वी विक्रम राई र नेत्ररोग विशेषज्ञ डा. सरदचन्द्र राईलाई सामाजिक, शैक्षिक र मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो ।

शनिबार इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा यायोक्खा उपाध्यक्ष जीवन हाताचो, प्रदेश संयोजक पारसमणि राई, प्रदेश सभा सदस्य राधा थापालगायत अतिथि सहभागी थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...