मेची राजमार्ग पाँच दिन बन्द हुने

 लिम्बुवान न्युज
                       


दमक, ९ असोज । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम जोडिने मेची मार्ग पाँच दिने बन्द हुने भएको छ । लिम्बु जातीहरुको जातीय किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संयुक्त संघर्ष समिति लगायत संघसंस्थाहरुले असोज ९ देखि १३ गतेसम्म बन्दको आव्हान गरेका हुन् ।
विगत २ बर्ष देखि ताप्लेजुङस्थित ऐतिहासिक धार्मिक स्थल पाथीभरालाई ऐतिहासिक दस्तावेजको आधारमा मुक्कुमलुङ नामाकरण गरिनु पर्ने माग राख्दै मुक्कुलुङ संयुक्त संघर्ष समितिले आन्दोलन गरि मुकुम्लुङ नामाकरण विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको तर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सो आन्दोलन र मुद्दालाई वेवास्ता गर्दै एकल र मनोमानी ढंगबाट पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना गर्ने निर्णय गरेसँगै आन्दोलनमा उत्रिएका हुन् ।
संघर्ष समितिको अगुवाईमा कियाचू लगायत जातीय संस्थाहरुले उक्त महोत्वसको विरोध गरेका छन् । ताप्लेजुङस्थित जिल्लाका केही राजनैतिक दलहरुले समेत उक्त महोत्सव रोक्न र आन्दोलनकारीहरुको मागलाई सम्बोधन गर्न विज्ञप्ति जारी गरेका छन् ।
बन्द आव्हान कर्ताहरुले बन्दका कारण असुविधा भोग्नुहुने महानुभावहरुलाई क्षमायाचना गर्दै मुकुमलुङ नामाकरणलाई स्थापित गर्न सबैमा आग्रह गरेका छन् । यसैक्रममा आज कियाचू संघीय समिति, मुकुमलुङ संघर्ष समिति, कियाचू ताप्लेजुङ, लिम्बु थरगत संस्थाहरुको सयङ लगायत जातीय संस्थाहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई सहयोग गर्न आम जनसमुदायलाई अनुरोध गरेका छन् ।
उनीहरुले राज्यले सर्बोच्चमा विचाराधिन अवस्थामा रहेको मुद्दालाई वेवास्ता गर्दै महोत्सवको नाममा पाथीभरा नामलाई स्वीकार गर्न त्यस क्षेत्रका आम आदिवासी जनजाति लिम्बु जातीहरुमाथिको ऐतिहासिक सांस्कृतिक धार्मिक आस्थामा कुण्ठित गर्न एकल जातीय नश्लिय राज्य लागेको आरोप लगाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गतहप्ता निकालेको विज्ञप्तिले अपमान गरेको सो तुरुन्त सच्याउनु पर्ने समेत माग गरेका छन् ।
आन्दोलनलाई एकबद्धता गर्न विभिन्न संघ संस्था, राजनैतिक दल लगायतले समेत विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...