मौन अवधि र मतदानमा मिडियाकर्मीका लागि ७ बुँदे अपिल

 लिम्बुवान न्युज
                       


बिर्तामोड, २ मंसीर । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।

मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा सबैको जोड छ ।

झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा जोड दिए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उनले बताए । ज्ञवालीले झापामा निर्वाचन सम्बन्धी सूचनालाई मिडियामा छिटो र सहज रुपमा सम्प्रेषण गर्ने संयन्त्रको विकास गर्ने बताए । उनले मौनअवधिको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सबैमा अपिल समेत गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले झापामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताए । प्रजिअ रिजालले मिडियाकर्मीलाई निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिन सजग समेत गराए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका बारे प्रष्ट्याउँदै झापामा आचारसंहिताका कार्यान्वयनको अवस्था विगतभन्दा राम्रो रहेको बताए ।

झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको बताए । उनले हरेक नागरिक बिना बर्दीका प्रहरी भएकाले निर्वाचन सम्पन्न गर्न मिडिया र आम नागरिकले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको बताए । उनले सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारीहरु पुगिसकेको बताए । मौन अवधिमा राजनीतिक दल तथा सबै सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिता बारे मिडियाले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । मतदानका लागि प्राथमिकतामा राखिएका लक्षित समुदायका नागरिकले सहज रुपमा मतदान गर्न पाए÷नपाएको अवस्था बुझेर उनीहरुलाई मतदानका लागि सहज वातावरण बनाउन पनि निर्वाचन सम्बद्ध निकायका अधिकारीहरुले मिडियाकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छलफलको विषयमाथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए । छलफलमा पत्रकारहरुको सुझाव समेतलाई मध्यनजर गरी जिल्लामा निर्वाचनमैत्री र मिडियामैत्री वातावरण बनाउन सरोकारवालाले सात बुँदे प्रतिबद्धतासहितको निष्कर्ष जारी गरेका छन् । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

छलफलमा पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, पत्रकारहरु उमाकान्त खनाल, गोपाल काफ्ले, सुब्रत न्यौपाने, लीलाराज झापाली, चिरन घिमिरे, दिपीन राई, बिनोद पाण्डे लगायतले जिज्ञासा र सुझाव राखेका थिए ।

निष्कर्षः
१) निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय, भयरहीत रुपमा सम्पन्न गर्न मौन अवधि र मतदान अवधिमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि मिडिया तथा मिडियाकर्मीले ‘वाच डग’ र सशक्त खबरदारीको कार्य गर्ने ।
२) पत्रकारिताका सिद्धान्त, पेशागत मर्यादा र पत्रकार आचारसंहितालाई आत्मसाथ गरी मौन अवधिको मर्म अनुसारको आचारण गर्न गराउन मिडिया र मिडियाकर्मीले सशक्त भूमिका निर्वाह गर्ने ।
३) निर्वाचनका जिल्लास्थित संयन्त्र र मिडिया–मिडियाकर्मीबीच सहज र छिटो छरितो रुपमा प्रविधिमार्फत सूचना आदानप्रदान गर्ने, निर्वाचनमैत्री र मिडियामैत्री भूमिका निर्वाह गर्ने गराउने ।
४) मतदानका दिन तथा निर्वाचनका प्रक्रियामा प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिने । मिडिया–मिडियाकर्मीको सवारी आवगमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघ झापाले आवश्यक सहजीकरण गर्ने । पत्रकार महासंघका सदस्यहरुले महासंघको परिचयपत्र बोक्ने, महासंघका सदस्य नभएकाहरुले पत्रकार भएको विवरण खुल्ने महासंघद्वारा प्रमाणित पत्र बोक्ने ।
५) मिडियाकर्मीले तोकिएको अद्यावधिक परिचयपत्र र सवारी साधनका अद्यावधिक भएका कागजपत्र साथमा लिएर हिंड्ने, परिचयपत्र स्पष्ट देखिने गरी गलामा लगाउने ।
६) गोप्य मतदान र निर्वाचन प्रक्रियामा बाधा नपर्ने गरी परिचयपत्र वाहक मिडियाकर्मीले समाचार रिपोर्टिङका लागि मात्र मिडिया यन्त्र (क्यामेरा, मोवाइल, रेडर्कर आदि) प्रयोग गर्ने । बुथ घेरिएको भित्री घेराभन्दा बाहिरबाट मात्र समाचार रिपोर्टिङ गर्ने ।
७) कुनै असहज परिस्थिति आए, समस्या उत्पन्न भए आपसी समन्वयमा समाधान गर्ने ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;